बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

तस्विरमा हेर्नुहोस् जनयुद्ध अन्त्य भएको त्यो दिन...

बुधबार, ०५ मङ्सिर २०७५, १५ : ५१
बुधबार, ०५ मङ्सिर २०७५

काठमाडौं– तत्कालीन माओवादी र सरकारबीच विस्तृत शान्ति सम्झौता भई १० वर्षे लामो जनयुद्ध अन्त्य भएको घोषणामा हस्ताक्षर भएको आजबाट १२ वर्ष पूरा भएको छ ।

२०६३ मङ्सिर ५ गते तत्कालीन विद्रोही नेकपा माओवादी र सरकारबीच विस्तृत शान्ति सम्झौतामा सरकारका तर्फबाट तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र माओवादीका तर्फबाट अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ले हस्ताक्षर गरेका थिए । 

नेपालको राजनीतिक इतिहासमा २०६३ मङ्सिर ५ गतेका दिनलाई निकै महत्त्वपूर्ण दिनका रूपमा समेत हेरिने गरिएको छ । 

यही सम्झौतापछि माओवादीहरू शान्तिपूर्ण राजनीतिमा समाहित भएका थिए भने सरकार पक्षले पनि माओवादीविरुद्धको कारवाही अन्त्य गरेको थियो । वानेश्वरस्थित हालको संसद भवन (वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र) मा भएको उक्त हस्ताक्षरसँगै माओवादीले २०५२ सालबाट थालेको जनयुद्ध पनि विधिवत अन्त्य भएको घोषणा गरिएको थियो । 

त्यसपछि मुलुकमा राजतन्त्रको अन्त्य, दुईवटा संविधानसभा निर्वाचन र त्यही संविधान सभामार्फत् नयाँ संविधान बनिसकेको छ ।  

नयाँ संविधानअनुसार मुलुक स्थानीय, प्रदेश र सङ्घ गरी तीन तहको सङ्घीय संरचनामा परिवर्तन हुनुका साथै तीनै तहको निर्वाचन समेत भइसकेको छ । 

शान्ति सम्झौताको भावना बमोजिम यो बीचमा माओवादी लडाकुको समायोजन, हतियार व्यवस्थापनलगायतका धेरै र महत्त्वपूर्ण कामहरू भइसकेका छन् । यद्यपि विस्तृत शान्ति सम्झौतामा उल्लेख भएका द्वन्द्वकालीन केही मुद्दाहरू सम्बोधन हुन भने अझै बाँकी नै रहेका छन् । यी मुद्दा सम्बोधन गर्न सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिका बारेमा छानविन आयोग भए पनि उनीहरूले अझै अन्तिम प्रतिवेदन तयार गर्न सकेका छैनन् । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप