शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सुष्मा स्वराजले अागामी लाेकसभा चुनाव नलड्ने

बुधबार, ०५ मङ्सिर २०७५, १३ : २०
बुधबार, ०५ मङ्सिर २०७५

काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सरकारकी एक प्रभावशाली मन्त्रीले अागामी लाेकसभा चुनाव नलड्ने घोषणा गरेकी छिन् । विदेशमन्त्री सुष्मा स्वराजले अागामी लाेकसभा चुनाव नलड्ने घोषणा गरेकी हुन् । 

पछिल्लो समय उनीको स्वास्थ्य अवस्था समेत राम्रो छैन । भारतको सर्वोच्च अदालतकी अधिवक्ता समेत रहेकी स्वराज मृगौला सम्बन्धी रोगबाट पीडित छिन् । 

यसैबीच विदेशमन्त्री स्वराजले आफूले राजनीतिबाट सन्यास लिन लागेको नभई आगामी लोकसभा निर्वाचनमा मात्रै भाग नलिने निर्णय लिएको बताएकी छिन् । उनले चुनावमा भाग नलिनुमा स्वास्थ्यको कारण देखाएकी छिन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप