बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

लगनको महिना पारेर प्यासीले ल्याए पञ्चेबाजा गीत

बुधबार, ०५ मङ्सिर २०७५, १२ : ५४
बुधबार, ०५ मङ्सिर २०७५

काठमाडौं– गायक केहरसिंह प्यासीले लगनको महिना पारेर नयाँ पञ्चेबाजा गीत लिएर बजारमा आएका छन्। 

उनले मंसिर लाग्ने वित्तिकै गीतको भिडियो युटुव मार्फत सार्वजनिक गरेका छन्। स्थानीय तथा जाती विशेषका भाकाहरुमा गीत लिएर आउन रुचाउने प्यासीले यसपाली विहेको महिनालाई दृष्टिगत गरेर गीत ल्याएका हुन्।

नाचौं गाऔं पञ्चे बाजामा।
मरी लानु के छ र दुई दिने चोलामा।
जे जे पर्छ दिल खोलेरै नाच्छु आज म।।

बोलको गीत सार्वजनिक भएको हो। गीतमा विहेसँगसम्बन्धित विभिन्न शब्दहरु रहेका छन्। गीतमा केहरसिंह प्यासी र सम्झना भण्डारीले स्वर भरेका छन्। गीतको शब्द तथा लय संकलन स्वयम प्यासीले गरेका हुन्। प्यासीले प्रतिमा गुरुङसँग मिलेर गीत ल्याएका हुन्।

गीतमा सुमन राना र मालती घलले अभिनय  गरेका छन्। गीतको छाँयाकन करन चैसिरले गरेका हुन भने सम्पादन विष्णु शर्माले गरेका छन्। गीतको निर्देशन एकिन्द्र सारा शंकरले गरेका हुन्। हिम सम्झौता डिजिटलको ब्यानरमा बनेको गीत ‘केहर सिंह प्यासी’ युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ। 

केहरसिंह प्यासी युवा लोक दोहोरी गायक तथा सर्जक हुन्। उनले यसअघि पनि आधा दर्जनभन्दा बढी गीतहरु बजारमा ल्याइसकेका छन्।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप