बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

फिल्म ‘यात्रा अ म्युजिकल भ्लग’को फष्टलुक सार्वजनिक

बुधबार, ०५ मङ्सिर २०७५, १२ : ३५
बुधबार, ०५ मङ्सिर २०७५

काठमाडौं – सम्राट शाक्यको डेब्यु निर्देशन रहेको फिल्म ‘यात्रा अ म्युजिकल भ्लग’को रिलिज २९ चैत्रमा रिलिज हुने भएको छ ।

निर्माता केशव भट्टराईले आफ्नो जन्मदिनको अवसर पारेर फिल्मको पोस्टर र प्रदर्शन मिति सार्वजनिक गरेका हुन् । सार्वजनिक चलचित्रको पोष्टरमा अभिनेता सलिनमान बनियाँको क्यारेक्टरलाई प्रस्ट्याइएको छ ।

फिल्ममा सलिनमानसँगै सलोन बस्नेत, जान्वी बस्नेत, जय नन्द लामा, रेअर राई, प्रेक्षा बज्राचार्य, धिरेन शाक्य, राजाराम पौडेल , विशाल कटुवाल, समृद्धि राई, योगेशजंग कुँवर, इश्वर पौडेल , नानीकाजी डंगोल, राजेश बिसुराल, इश्वर पौडेल, बिशाल पहाडी, प्रजोल भट्टराई, देशभक्त खनाल, कमल मैनाली, सौगात शर्मा लगायतको अभिनय रहेको छ । 

यसै फिल्म मार्फत मल्लिका महतले डेब्यु गर्दैछिन भने यसमा विदेशी कलाकारहरु चाइनाका जुन झाङ र केन्याका बबीको पनि अभिनय छ ।

फिल्ममा बालकलाकारको अंकित संग्रौला र एन्जल राई रहेका छन् । फिल्मलाई जर्नी लभ स्टोरी भनिएको छ भने यसमा यात्राले ल्याउने परिस्थितिलाई देखाइनेछ । 

फिल्मलाई केशव भट्टराईले सुशिल पोखरेलसँग मिलेर बनाएका हुन् । 

दुई दशक अगाडी सहायक निर्देशक भइ यसक्षेत्रमा भित्रिएका सम्राटले मुख्य सहायक निर्देशक भइ धेरै काम गरेका थिए । 

कोटकी कालिका देवीफिल्म्स प्राइभेट लिमिटेड, क्रिएटिभ फिल्म प्रोडक्सन र हरि ओम सिने मेकर्सको ब्यानरमा निर्माण भएको फिल्ममा बिक्रम पराजुली, मुक्ति तिम्सिना र राम शरण घिमिरे सह ( निर्माता रहेका छन् ।

फिल्ममा संगीतकार शम्भुजित बास्कोटाकोसँगै प्रतिक पौडेल र कोविद बज्रको संगीत छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप