शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

राजधानीमा नेपाल अफ्रिका फिल्म फेस्टिभल

बुधबार, ०५ मङ्सिर २०७५, १२ : ३१
बुधबार, ०५ मङ्सिर २०७५

काठमाडौं – आगामी सोमबारदेखि ‘सातौं नेपाल–अफ्रिका फिल्म महोत्सव–२०१८’ आयोजना हुने भएको छ ।

 सन् २०११ देखि नियमित आयोजना हुँदै आएको फेष्टिभलको यो सातौ संस्करण हो । 

नेपाल र अफ्रिकाबीच सांस्कृतिक एवं पर्यटकीय आदान प्रदानका गर्दै दुई देशबीचको सम्बन्ध अझ प्रगाढ बनाउने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको फेस्टिभलकी निर्देशक डा. मञ्जु मिश्रले  जानकारी दिइन् । 

कलेज अफ जर्नालिज्म एण्ड मास कम्युनिकेशन ‘सिजेएमसी’ले उक्त फिल्म फेष्टिभवल गर्न लागेको हो । कमलपोखरीस्थित रसियन कल्चर सेन्टरमा तीन दिनसम्म चल्ने फेष्टिभलमा सामाजिक विषयमा आधारित विभिन्न ११ फिलम प्रदर्शन हुनेछन् । 

फेष्टिभलमा इजिप्टको ‘नासिर ५६’, स्वीजरल्याण्डको ‘लाइफ इन प्रोगेस’, स्वीडेनको ‘नाडिया डाइवर्ग’ र ‘फुटबोल डोक्र्टन’, अमेरिकाको ‘द सेरेन्गेटी’, साउथ अफ्रिकाको ‘कल मि थिफ’ र नेपालबाट मनोज पण्डित निर्देशित ‘छाया’ लगायत प्रदर्शन गरिनेछ । फेष्टिभलले नेपाल र अफ्रिकी मूलुकसंगको सम्बन्ध विस्तारमा टेवा पुग्ने आयोजकको दाबी छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप