शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

‘मैले आमालाई बताउन सकिनँ कि बुवाले उहाँलाई धोका दिइरहनुभएको छ’

बुधबार, ०५ मङ्सिर २०७५, १० : २६
बुधबार, ०५ मङ्सिर २०७५

बीबीसी

आफ्ना आमा–बुवामध्ये कोही एक अरु व्यक्तिसँगको सम्बन्धमा हुनुहुन्छ भन्ने थाहा पाउँदा एउटा सन्तानलाई कस्तो लाग्छ ?

रेडियो वान न्यूजबीटले २५ वर्षे ती युवकसँग कुरा गरेका छन् जसले आफ्नी आमालाई धोका दिइरहेका बुवासँग थुप्रै वर्ष बिताए । त्यतिबेला उनी रिस, उदासी र एक्लोपनको भावनाबाट पनि गुज्रिए ।

उनले आफ्नो पहिचान उजागर नगरी आफ्नो कहानी सुनाएका छन् । यसो गरेर उनी ती व्यक्तिहरुलाई सहयोग गर्न चाहन्छन् जो यस्तै परिस्थितीबाट गुज्रिरहेका छन् ।

म १९ वर्षको थिएँ र कुनै चाड मनाएर घर फर्किएको थिएँ ।

म बाथरुममा गएँ र मैले नुहाउने ठाउँ नजिकै एउटा फोन देखें ।

मलाई थाहा थियो त्यो मेरो बुवाको फोन हो किनभने यस्तै फोन मैले उनको कारमा पनि केही वर्षअघि देखेको थिएँ जब म किशोरावस्थामा प्रवेश गरिरहेको थिएँ ।

तर त्यतिबेला म यस्तो सोच्नका लागि निकै सानो थिएँ ।

तर अब मलाई थोरै शंका लाग्यो । मैले फोन उठाएँ, त्यसमा कुनै पासकोड थिएन ।

त्यहाँ मैले बुवाले एक महिलालाई पठाएको मेसेज देखें ।

मैले तीमध्ये कुनै मेसेज पढें, कुनै पढिनँ किनभने म निकै रिसमा थिएँ । सबैकुरा मेरो आँखा अगाडि स्पष्ट हुन सुरु भएको थियो ।

‘आउ, कुरा गरौं’

तर मलाई कसैसँग सम्बन्ध हुनुको यो नै पर्याप्त प्रमाण होइन जस्तो पनि लाग्यो । किनभने कुनै पनि मेसेजबाट यसबारे प्रस्ट भइरहेको थिएन ।

 म नुहाए, थोरै शान्त भएँ र त्यसपछि आफ्नो कोठामा  गएँ ।

बुवा माथि आइरहेको सिँढीको आवाज सुनेर थाहा पाएँ, मैले उनलाई कोठामा बोलाएँ र फोन देखाएँ ।

उनको पहिलो प्रतिक्रिया थियो, ‘मलाई थाहा छैन तिमीले के बारे कुरा गरिरहेका छौ ।’

फोन लिएर उनी तल गए ।

त्यसपछि उनी कुकुरसँगै माथि आएर भने, ‘ठिक छ, त्यसो भए कुरा गर्न जाऔं ।’

डुल्दै गर्दा म थोरै डराएको थिएँ । उनको अगाडि उभिनु त्यौ नै मेरो लागि सबैभन्दा मुश्किल समय थियो ।

उनले ती महिलालाई अफिसको एक साथी बताए । उनका अनुसार अफिसमा मुश्किल समयबाट गुज्रिनका लागि उनले सहयोग गरिरहेकी छिन् ।

उनले भने, ‘मेरा धेरै साथी छैनन् र मलाई लाग्दैन कि एक महिला भएको नाताले तिम्री आमाले यो कुरा बुझ्नेछिन् ।’

त्यतिबेला मेरो दिमागले यो सोच्ने कोसिस गरिरहेको थियो कि आखिर के भइरहेको छ ।

उनले जे भन्नुभयो त्यो मैले मान्नुपर्यो ।

जे भयो त्यसमा सही व्यवहार देखाएकोमा उनले मलाई धन्यवाद दिए ।

‘आमोस एक नक्कली नाम थियो’

दुई वर्ष निकै चाँडै बित्यो र मेरो दिमागबाट अझै त्यो कुरा निस्कन सकिरहेको थिएन ।

मेरो बुवाले नयाँ फ्ल्याटमा शिफ्ट हुन मेरो मद्दत गरिरहेका थिए ।

उनले एक नयाँ आइफोन पाएका थिए, उनले मेरो एउटा फोटो खिचेर कसैलाई पठाए ।

त्यसपछि मैले आफ्नी आमालाई मसेज गरेर बुवाले फोटो पठाएको हो भनेर सोधें । उनले भनिन्, ‘के ? मलाई त बुवाले कुनै मेसेज पठाउनुभएको छैन ।’

मेरो दिमागमा त्यसपछि केही चल्न थाल्यो ।

म उनको पछाडि गएँ । उनी कुनै आमोस नामलाई मेसेज गरिरहेका थिए ।

मलाई थाहा थियो यो एक नक्कली नाम थियो किनभने मलाई थाहा थियो कि उनको अमोस नामका साँच्चै कोही साथी छैनन् ।

बुवा त्यो राती मसँगै बस्दै थिए र मैले त्यस रात उनको फोन जसरी पनि हेर्नु थियो ।

त्यसकारण आधा रातमा म उनको कोठामा गएर फोन लिएँ र तल लैजाने तरखरमा थिएँ ।

मेरो बुवा कोठा बाहिर आएर भने, ‘के मैले फोन फिर्ता पाउन सक्छु ?’

उनले मलाई समात्नुभएको थियो ।

अलार्म लगाउनका लागि फोन चाहिएको थियो भन्दै मैले बहाना बनाएँ ।

भोलिपल्ट बिहान हामीले नास्ता खायौं र त्यसपछि उनी गए । उनले केही पनि भनेनन् ।

यो साँच्चै निकै अचम्मको थियो ।

बुवाको जन्मदिनः

अर्को ६ महिना पनि बित्यो । मेरो दिमागबाट त्यो सबै कुरा हटिसकेको थियो ।

आज मेरो बुवाको जन्मदिन थियो ।

म बुवा र आमासँग रेष्टुरेन्ट गइरहेको थिएँ । हामी मेरी सानी बहिनीलाई भेट्दै थियौं । तर आमा आउन ढिला हुनुभयो र बुवा रिसले आगो भए ।

उनी मोडिए र घर फिर्ता जानका लागि चिच्याउन थाले ।

मलाई साँच्चै रिस उठ्न थाल्यो र उनको पछाडि गएँ, चिच्याएँ र उनलाई ‘कातर’ भनेँ ।

अचानक मेरो मुखबाट निस्कियो, ‘आमोस को हो ?’

उनी पछाडि फर्किए । उनको अनुहार सेतो भएको थियो ।

उनले त्यो प्रश्नलाई नजरअन्दाज गर्ने कोसिस गरिरहेका थिए । भने, ‘यसबारे कुरा गर्न बन्द गर ।’

हामी घर फिर्ता भयौं र भित्र जानका लागि हामीसँग साँचो थिएन । म अर्कै महसुस गरिरहेको थिएँ । मेरो आँखा आँसुले भरिएका थिए । मैले उनलाई अँगालो हालें ।

मलाई थाहा थिएन, मैले के गर्नुपर्छ ।

उनलाई थाहा थियो मभित्र केही चलिरहेको छ तरपछि हामी त्यो विषयमा कुरा गर्न सकिरहेका थिएनौं ।

मेरी आमा र बहिनीलाई लाग्यो कि हाम्रो बहस भएको थियो । मलाई लाग्यो कि म आफ्नो बहिनीलाई यसबारे बताउन सक्दिनँ किनभने उनी त्यतिबेला विद्यालयमा पढिरहेकी थिइन् ।

मैले यो सबैकुरा आफूसँगै राख्नुपर्यो ।

एलिसन कूपर, रिलेशनशिप काउन्सलर सर्भिस

एक्लोपन महसुस गर्नु र एक बोझमा बाँच्नु निकै भयानक हुन्छ ।

यदि तपाईं पनि यस्तै स्थितीको सामना गरिरहनुभएको छ भने कुनै रिलेशनशिप काउन्सलरलाई भेट्न सक्नुहुन्छ । यदि कसैलाई डर लागिरहेको छ वा कोही चिन्तित हुनुहुन्छ भने डाक्टरलाई भेट्नुपर्छ ।

यदि तपाईं स्कूल, कलेज वा युनिभर्सिटीमा हुनुहुन्छ र तपाईंको शिक्षक विश्वास गर्न लायक हुनुहुन्छ भने त्यतिबेला उनीहरुले बुझ्न सक्छन् सक तपाईंको व्यवहार र पढाईमा परिवर्तन आइरहेको छ ।

तपाईं परिवारका कुनै अन्य सदस्य वा काका काकीलाई पनि भन्नु सक्नुहुन्छ र आमाबुवासँग छलफल गर्न सक्नुहुन्छ ।

अन्त्यमा मलाई लाग्यो कि तपाईं कुनै यस्ता व्यक्तिसँग कुरा गर्न सक्नुहुन्छ जसले तपाईंलाई मुश्किल समयबाट निस्कन मद्दत गर्नेछ र यो पनि स्विकार्न मद्दत गर्नेछ कि सबै तपाईंको कारणले भएको थिएन ।

‘र त्यसपछि मेरी बहिनीलाई थाहा भयो’

लगभग दुई वर्षपछि मलाई बहिनीको मेसेज आयो, ‘के म फोन गर्न सक्छु ?’

उनी निकै रोइरहेकी थिइन् ।

उनले भनिन्, ‘हे भगवान, बुवाले आमालाई धोका दिइरहेका छन् ।’

मजस्तै उसले पनि बुवाको फोनमा ‘आमोस’ को मेसेज देखेकी थिइन् ।

त्यतिबेला त्यो कुरा सुनेर मलाई राम्रो लाथ्यो ।

मैले निर्णय गरें कि म उनीसँग फोनमा कुरा गर्नेछु ।

मैले भने, ‘म र बहिनी दुबैलाई थाहा छ । तपाईंले यसबारे आमासँग कुरा गर्नुपर्छ । नभए मेरा लागि तपाईंसँग कुनै पनि प्रकारको सम्बन्ध राख्न मुश्किल हुनेछ ।

उनी पूर्ण रुपमा शान्त थिए । फोनको अन्त्यमा उनले भने, ‘यति भनेकोमा धन्यवाद ।’

एक चिट्ठीः

उनले मेरी आमासँग सिधा कुरा गरेनन् ।

यहाँसम्म कि उनले मेरी बहिनीसँग पनि कुरा गरेनन् । त्यतिबेला बहिनी त्यही घरमा बस्थिन् ।

तीन महिनापछि पनि उनले बताएनन् ।

म आफ्नो बुवालाई मार्न चाहन्थें, म त्यो स्थितीमा पुगिसकेको थिएँ ।

एकपटक हामी ट्रेन स्टेशनका लागि गइरहेका थियौं र मैले उनलाई कारमा नै छोडेर गएँ ।

त्यो रात उनले मलाई मेसेज पठाए, ‘म आज राती जाँदैछु । मैले भित्तामा भएको घडीमा एउटा चिट्ठी छोडेको छु । मैले तिम्री बहिनीलाई उक्त चिट्ठी शुक्रबार बाहिर निकाल्न भनेको छु ।’

जब म घर पुगें, आमाले चिट्ठी खोलिसक्नुभएको थियो ।

विवाहको २५ वर्षपछि यस्तो कुरा थाहा पाउनु कम भयानक थिएन ।

नतिजाः

मलाई साँच्चै नै कुनै पछुतो छैन कि यो कुरा कसरी सार्वजनिक भयो ।

मलाई लाग्छ कि यो थोरै अचम्म छ तर मैले जति गर्न सक्थें त्यो मैले गरें ।

म यो कुरा आमालाई भन्न सक्दिनथें ।

उहाँ त्यतिबेला मसँग रिसाउनुभएको थिएन । मैले यो सबै झेल्नुपरेकोमा उहाँ उल्टै लज्जित हुनुभयो ।

मेरो धारणाः

यस्तो परिस्थितीसँग गुज्रिएका मानिसहरुका लागि मेरो दुईवटा सल्लाह छ ।

पहिलो, कुनै पनि कुरा हतारमा नगर्नुहोस् ।

यस्तो समयमा दुईपटक नुहाउँदा मलाई निकै शान्ती महसुस भयो ।

दोस्रो, कसैसँग नीजि रुपमा कुरा गर्दा साँच्चै नै मद्दत मिल्छ ।

म र मेरी बहिनी अहिले पनि एक–अर्कासँग झगडा गरिराख्छौं तर यसले हामो सम्बन्ध अहिले पनि बलियो हुन्छ ।

मैले यो सबै आफ्नी प्रेमिकालाई पनि बताएँ । उनी पनि यस्तै स्थितीबाट गुज्रिएकी थिइन् जब उनका पिताले उनकी आमालाई धोका दिएका थिए ।

तर आमालाई यसबारे थाहा पाएपछि बुवाको व्यवहार निकै परिवर्तन भयो ।

उनले आमालाई घरखर्च दिन बन्द गरेका थिए जसका कारण आमाको जीवन कष्टकर भयो ।

उनले एक निकै घटिया कुरा पनि गरे  । क्रिसमसमा मेरी बहिनीलाई आमा र बुवाको तर्फबाट कम्प्युटर उपहार दिइएको थियो जसलाई उनले फिर्ता मागिरहेका थिए ।

मैले उनलाई फोन गरेर यसमा मेरी बहिनीलाई नल्याउन आग्रह गरें ।

अर्को दिन हामी दुईले नयाँ मेसेज पायौं, ‘हामी सम्पर्कमा नरहँदा नै राम्रो होला ।’

आमा र बुवाको सम्बन्धविच्छेद हुँदैछ । र मलाई लाग्छ कि उनी कोही अर्की महिलासँगको सम्बन्धमा हुनुहुन्छ । कुन सम्बन्धलाई बलियो राख्ने भन्ने कुरामा म अहिले काम गरिरहेको छु ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप