शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अमिताभ बच्चनले तिरे किसानको चार करोड बढी ऋण

बुधबार, ०५ मङ्सिर २०७५, ०८ : ४२
बुधबार, ०५ मङ्सिर २०७५

बीबीसी

बलिउड अभिनेता अमिताभ बच्चनले सयौं किसानको ऋण चुकाएको जानकारी दिएका छन् ।

ऋणको रुपमा चुकाइएको उक्त रकम चार करोड भारुभन्दा बढी छ ।

मंगलबार अमिताभले आफ्नो ब्लगमा उनले १, ३९८ किसानको ऋण चुकाएर आफ्नो ‘जिम्मेवारी’ उठाएको बताएका छन् ।

उनले आफ्नो काम पूरा भएको जस्तो अनुभव भएको बताएका छन् ।

यी सबै किसान उत्तर प्रदेशका हुन् । अमिताभ बच्चन यसै राज्यका हुन् ।

भारतमा किसानको एउटा ठूलो तप्का ऋणको समस्याबाट जुधिरहेका छन् ।

किसानका लागि रेलः

अमिताभ बच्चनले किसानको जुन ऋण चुकाएका छन् त्यो एक सरकारी बैंकले दिएका थिए ।

उनको ब्लगका अनुसार यो रकम बैंक अफ इन्डियामार्फत एकमुष्ट सम्झौताको रुपमा चुकाइएको हो । बैंकले ‘कुनै बक्यौता छैन’ को सर्टिफिकेट जारी गर्ने बताइएको छ ।

७६ वर्षीया अभिनेताले लेखेका छन्, ‘ यो सर्टिफिकेट आफैं उनीहरुलाई नीजि रुपमा सुम्पिन चाहन्छु  ।’

सबै किसानलाई मुम्बई ल्याउन एक मुश्किल चुनौती थियो त्यसकारण अमिताभको तर्फबाट ७० किसानका लागि ट्रेनमा एक डिब्बा रिजर्भ गरिएको छ ।

यी किसान नोभेम्बर २७ मा आफ्नो बैंकको कागजात लिन मुम्बई पुग्नेछन् । यसै वर्ष अमिताभले महाराष्ट्रका तीन सय ५० किसानको ऋण चुकाएका थिए ।

सन् २००७ मा अमिताभ जग्गाको एक सम्झौताका कारण विवादमा आएका थिए । यो मामलामा अदालतले पनि अमिताभले ९० हजार वर्ग फुट जमिन अवैध तरिकाले छुट्याइएको बताएको थियो ।

अमिताभले धोकाको आरोप पनि खेप्नुपर्यो । यद्यपी, अमिताभले उक्त जग्गामाथिको दाबी छोडेका थिए, त्यसपछि उनीमाथि लागेका आरोप फिर्ता लिइएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप