शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

१२ वर्षीया गर्भवतीलार्इ प्रसुति गराउन प्रधानमन्त्रीले काठमाडौं बोलाए

बुधबार, ०५ मङ्सिर २०७५, ०६ : ३१
बुधबार, ०५ मङ्सिर २०७५

हेटौंडा– १२ वर्षकै उमेरमा आमा बन्न लागेकी एक चेपाङ बालिकाको स्वास्थ्यमा प्रधानमन्त्री कार्यालयले चासो देखाएको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनपछि मकवानपुरको राक्सिराङ गाउँपालिका–३ सरिखेतकी १२ वर्षीया गर्भवती बालिका गंगामाया चेपाङलाई सुरक्षित प्रसुति गराउन मंगलबार काठमाडौं लगिएको हो ।

प्रधामन्त्री कार्यालयले चासो दिएपछि राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ल र उपाध्यक्ष निर्मला हिमडुङको पहलमा चेपाङलाई सोमबार साँझ हेटौंडा अस्पतालमा भर्ना गरिएको थियो ।

हेटौंडामा भन्दा काठमाडौंमा उपचार गर्दा गंगामायालाई जोखिम कम हुने भन्दै प्रधानमन्त्री कार्यालयले उपचारका लागि काठमाडौं पठाउन भनेपछि काठमाडौं पठाइएको प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप