बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

३५ यात्रु सवार बस पुलबाट नदीमा खस्यो, ७ को मृत्यु

मङ्गलबार, ०४ मङ्सिर २०७५, २१ : ४२
मङ्गलबार, ०४ मङ्सिर २०७५

एजेन्सी । भारतको ओडिशा राज्यस्थित कटक जिल्लाको जगतपुर नजिकै महानदी पुलमा मंगलबार यात्रुबाहक बस दुर्घटना हुँदा कम्तीमा ७ जनाको मृत्यु भएको छ ।  

भारतीय प्रहरी अधिकारीका अनुसार पुलमा बस अनियन्त्रित भई ३५ फिट तल खसेको बताइएको छ ।  बसमा कम्तीमा ३५ यात्रु सवार रहेको समाचारमा जनाइएको छ । 

बस कटकबाट अंगुल भन्ने स्थानतर्फ जाँदै थियो । घटनाको ओडिसाका मुख्यमन्त्री नवीन पटनायकले दुख व्यक्त गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप