शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

द्वन्द्वग्रस्त यमनलाई ५० करोड डलर सहयोगको घोषणा

मङ्गलबार, ०४ मङ्सिर २०७५, २१ : ०९
मङ्गलबार, ०४ मङ्सिर २०७५

रियाद । यमनी हुथी विद्रोहीविरुद्ध यहाँको सरकारलाई सघाउन सैन्य गठबन्धनलाई नेतृत्व गर्दै आएका साउदी अरब र संयुक्त अरब इमिरेट्सले यमनलाई ५० करोड अमेरिकी डलर सहयोग उपलब्ध गराउने घोषणा गरेका छन् । 

द्वन्द्वका कारण क्षतविक्षत बनेको यमनलाई भोकमरीबाट बचाउन साउदी अरबले २५ अमेरिकी डलर र युएईले २५ अमेरिकी डलर गरी उक्त सहयोगको घोषणा गरेका, साउदी राजा सलमान मानवीय सहायता तथा राहत केन्द्रका जनरल सुपरभाइजर अब्दुल्लाह रबिआहले बताए ।

उनले थपे, उक्त सहयोग राशी संयुक्त राष्ट्रसंघ तथा अन्य अन्तराष्ट्रिय तथा स्थानीय सहयोग समूहमार्फत यमनी जनतालाई बाँडिनेछ । 

रबिआह र यूएईका अन्तराष्ट्रिय सहकार्य सहमन्त्री रीम अल–हासिमीले रियादमा गरेको संयुक्त पत्रकार सम्मेलनमा बताए ।
 
पछिल्लो सहयोग रकम उक्त दुई मुलुक र कुबेतले सन् २०१८ का लागि थप सहयोग दिने सहमति अनुरूप संयुक्त राष्ट्रसंघ मानवीय सहयोग कार्यक्रम अन्तर्गत दिइएको रबिआहले बताए । कुबेतले पनि छुट्टै एक अर्ब २५ करोड अमेरिकी डलर सहयोग गरेको उनले बताए ।
 
साउदी अरब र युएईले यमनी हुथी समूहले यमन सरकारविरोधि आन्दोलनमा देशका अधिकाँश ग्रामिण इलाकासमेतलाई नियन्त्रणमा लिएपछि यमनी राष्ट्रपति अवेद्रेब्बो मन्सुर हाडीको आग्रहमा सन् २०१५ देखि सरकारको पक्षमा गठबन्धन सेनाको नेतृत्व गर्दै आएका छन् । 

विश्व स्वास्थ्य संगठनका अनुसार यमनमा गठबन्धन सेनाले हुथी विद्रोहीविरुद्ध चलाएको कारबाहीका क्रममा करिब १० हजार व्यक्तिले ज्यान गुमाएका छन् । तर अन्तराष्ट्रिय मानब अधिकार समूहले भने द्वन्द्वका कारण मृत्यु हुनेको सङ्ख्या विश्व स्वास्थ्य संगठनको तथ्याङ्कभन्दा पाँच गुणा बढी भएको दावी गर्दै आएका छन् । 

यमनी द्वन्द्वका कारण यहाँका अधिकांश नागरिक भोकमरीको चपेटामा रहँदै आएका छन् जसलाई राष्ट्रसंघले अति विग्रेको अवस्थामा पुगेको मानवीय सङ्कटका रूपमा व्याख्या गर्दै आएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप