शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कतार नेपाली एकता समाजद्धारा बुद्धिजीवी भेला सम्पन्न

सोमबार, ०९ साउन २०७४, १७ : ५९
सोमबार, ०९ साउन २०७४

टेक राज थापा

कतार – कतार नेपाली एकता समाज अन्तर्गत बुद्धिजीवी विभागको चौथो भेला २१ जुलाईका दिन समपन्न भएको छ ।

बिभागको अध्यक्ष कमल आचार्यको अध्यक्षता र टेकराज थापाको   सन्चालनमा आगाडी बढेको उक्त भेलाको प्रमुख आतिथ कतार नेपाली एकता समाजका केन्द्रीय अध्यक्ष लुमकान्त पुन रहेका थिए । 

त्यसै गरि बिशेष अतिथीमा केन्द्रीय सचिवालय सदस्य हेमन्त वाईवा ,महा सचिब खेम बुढा, र अतिथिहरुमा केद्रीय सल्लाहकार बलदेव राना,रक्तिम इन्चार्च सुर्य सुबेदी,सैलिया एरियाका समितिका अध्यक्ष लक्ष्मण कोइराला, लेबर सिटिका अध्यक्ष रेशम रोका,दोहा एरियाका केयर सिंह थापा ,सलता एरिया समितिका अध्यक्ष सालिक राम पुन लगाएत रहेका थिए ।
 
कार्यक्रममा उपस्थित भएका प्रमुख अतिथी, विशेष अतिथी, अतिथी, शुभचिन्तक लगायत सबैलाई देवेन्द्र बुढाथोकीले मन्तब्यद्वारा स्वागत गरेका थिए।

त्यसैगरि अतिथिहरुले कार्यक्रममा सुभकामना मन्तव्य दिएको थियो । सो क्रममा बुद्धिजिबि बिभागले गरेका कार्य प्रति उच्च मूल्यकन र प्रशंसा गर्दै अझ भोलिका दिनहरुमा थप उदाहरणिय काम गरोस भने सुभकामना व्यक्त गरेको थियो ।

कार्यक्रममा उपाध्यक्ष हरि प्रसाद शर्माद्वारा साङ्गठनिक प्रतिबेदन र कोषाध्यक्ष अग्निधर उपाध्यायद्वारा आर्थिक प्रतिबेदन पेस गरिएको थियो । ती प्रतिबेदनहरु व्यापक छलफलका साथ पास भएको थियो ।

उक्त भेलाले पुरानो समितिलाई धन्याद सहित विघटन गरि हरि प्रसाद शर्माको नेतृत्वमा नयाँ कार्य समिति च्यान गरेको छ। जस अनुसार अध्यक्ष हरि शर्मा ,उपाध्यक्ष देबेन्द्र बुढाथोकी ,सचिव टेक राज थापा, कोषाध्यक्ष अग्निधर उपाध्य ,सदस्य मिन राज पुन,द्रोण बिक्रम थापा ,राम प्रसाद खनाल ,सल्लाहकार कमल आचार्य, रेशम रोका, शिव रोका, जिवलाल पन्थी ,अमिन खान निर्वाचित भएका छन् । 

नव निर्बाचित कार्यसमितिलाई प्रमुख अथिती लुमाकान पुन विशेष अतिथी हेमन्त वाईवा र खिम बुढाले हार्दिक बधाई तथा कार्यकाल सफलताको  शुभकामना दिएको थियो

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप