शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

भक्तपुरको सिर्जनानगरमा सडक दुर्घटना, १ जनाको मृत्यु

मङ्गलबार, ०४ मङ्सिर २०७५, १९ : २९
मङ्गलबार, ०४ मङ्सिर २०७५

भक्तपुर– मंगलबार भक्तपुरको सिर्जनानगरमा भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।  राधेराधेबाट सल्लाघारी तर्फ जाँदै गर्दा बा.६४ प.४६२ नं. को स्कुटर आफै अनियन्त्रित भई सडकको डिभाईडरमा ठक्कर खान जाँदा स्कुटर चालक गम्भिर घाइते भएका थिए । 

सो दुर्घटनामा भक्तपुर जिल्ला भक्तपुर नगरपालिका वडा नम्बर ७ इनाचो बस्ने  बर्ष ५३ को आशाराम डुमरुलाई प्रहरीले उद्धार गरी अस्पताल पठाएकोमा उनको उपचारको क्रममा मृत्यु भएको हो । 
डा. ईवामुरा अस्पताल उपचारको क्रममा डुमरु मृत्य भएको प्रहरीले जनाएको छ । 

घटनाबारे थप अनुसन्धान कार्य भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता प्रनाउ रेवती रमण पोखरेलले बताए । ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप