बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

६ वटा मोटरसाईकलसहित ५ जना पक्राउ

मङ्गलबार, ०४ मङ्सिर २०७५, १९ : २३
मङ्गलबार, ०४ मङ्सिर २०७५

परासी– जिल्ला प्रहरी कार्यालय नवलपरासीले ११ गठिया कपडासहित ६ वटा मोटरसाईकल बरामद गरेको छ । भारतबाट भन्सार छली नेपाल भित्र्याउँदै गरेको अवस्थामा प्रहरीले १२ लाख ११ हजार ७८८ रुपैया मूल्य बराबरको ११ गठिया कपडासहित ६ वटा भारतीय नम्बर प्लेटको मोटरसाईकल पनि बरामद गरेको जनाएको छ ।

गएराती, प्रदेश ५ प्रहरी कार्यालय तुल्सीपुर दाङ्गबाट खटिएको क्राईम ईन्भेस्टिगेशन स्क्वाड र जिल्ला प्रहरी कार्यालयको संयुक्त प्रहरी टोलीले प्रतापपुर गाउँपालिका ३ कजरैयाबाट ६ वटा मोटर साईकल ११ गठिया कपडा बरामद गर्दै कपडा ओसार्ने ५ जनालाई पक्राउ समेत गरेको प्रहरी कार्यालयले जनाएको छ ।

कपडा क्यारिङ्ग गर्दा पक्राउ पर्नेमा पाल्हीनन्द गाउँपालिका १ रम्पुरवा बस्ने ३५ वर्षीय मुबारक अन्सारी, सोही ठाउँ बस्ने २५ वर्षीय विनोद यादव, ३० वर्षीय मनोज यादव र सरावल गाउँपालिका ६ रामपुर खडौना बस्ने १९ बर्षिय रञ्जित चौधरी र सोही ठाउँ बस्ने १८ वर्षीय दुर्गेश हरिजन रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले कपडा र मोटरसाईकलसहित पक्राउ परेका ५ जनालाई आवश्यक कार्वाहीको लागि महेसपुर भन्सार कार्यालय पठाएको जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप