सेती नदीको भूमरीमा महिला र पुरुषको शव फेला
किरण श्रेष्ठ
तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नं ४ स्थित सेती नदीको भूमरीमा दुईवटा शव फेला परेको छ ।
सेती नदीको भुमरीमा देखिएको शव मध्ये एउटा महिला र अर्को एउटा पुरुषको रहेको छ । “शव खोच र भूमरीमा रहेको हुँदा निकाल्नका लागि निकै कठिन भएको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रमुख राजेन्द्र अधिकारिले बताए ।
समाचार तयार पार्दासम्म प्रहरी घटनास्थलमा पुगेर शव निकाल्ने प्रयास गरिरहेको उनले बताए ।
उक्त भूमरी ढोरबाहारी मन्दिर जाने काठे पुल भन्दा १०० मिटर तल रहेको प्रहरी जनाएको छ ।
उक्त स्थानमा आइतबार साँझ देखि भूमरीमा शव घुमेको देखिएको स्थानीय बासिन्दाले बताए ।
भूमरीमा देखिएको शव गत सोमबार पोखरा लेखनाथ महानगरपालिकाको पशुपति घाटबाट हराएको मजदुरको भएको हुन सक्ने प्रहरीको अनुमान रहेको छ ।
उक्त घाटबाट तीनजना वेपत्ता भएकामा केही दिन अगाडि तनहुँको ऋषिङ गाउँपालिकामा एकजना महिलाको शव फेला परेको थियो ।