बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

पार्टीविरुद्व भ्रम नछर्न विप्लव नेतृत्वको नेकपाको चेतावनी

मङ्गलबार, ०४ मङ्सिर २०७५, १८ : २२
मङ्गलबार, ०४ मङ्सिर २०७५

काठमाडौं– विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले संगठनको नाम जोडेर अनर्गल प्रचार र भ्रामक हल्ला सबैमा आग्रह गरेको छ । सो पार्टी निकट क्रान्तिकारी पत्रकार संगठन नेपाल र  पार्टी प्रचार उपसमितिको आज बसेको बैठकले सो आग्रह गरेको हो । 

बैठकमा पार्टीविरुद्द भ्रम छर्ने उद्देश्यबाट अराजक व्यक्तिले वक्तव्यबाजी गरिरहेकोबारे छलफल भएको र बैठकले उक्त मनगढन्ते र अनर्गल प्रचार र भ्रामक हर्कत नगर्न चेतावनी दिनेबारे गम्भीर छलफल भएको जनाइएको छ । 

बैठकले यही मंसिर ८ गते काठमाडौंमा नेकपाको केन्द्रीय समितिको आयोजनामा हुने जनप्रदर्शन र जनसभाको प्रचारप्रसारलाई व्यवस्थित र व्यापक बनाउनेलगायत महत्वपूर्ण निर्णय लिएको क्रान्तिकारी पत्रकार संगठन, नेपालका अध्यक्ष प्रकाश डुम्रेले जानकारी दिएका छन् । 

नेकपाका पोलिटब्यूरो सदस्य अनिल शर्मा ‘विरही’को विशेष उपस्थितिमा भएको सो बैठकमा जनसभालाई प्रचारात्मक ढंगले व्यवस्थित गर्ने सन्दर्भमा छलफल भएको बताइएको छ । नेता विरहीले मिडिया परिचालन गर्नेबारे नेकपाले सरल र व्यवस्थित रुपमा संचारको प्रबन्ध मिलाउने काम भइरहेको बताउँदै प्रचारप्रसारलाई रत्तिभर कमी र त्रुटी हुन नदिनेबारे बैठकमा उपस्थित पत्रकारहरुलाई निर्देशन दिएका छन् ।

त्यस्तै नेकपाका केन्द्रीय सदस्य एवम् जनसभा प्रचार उपसमिति उपसमितिका संयोजक चिरन पुन ‘मिलन’ले मंसिरको ८ को प्रदर्शन र जनसभा नेपाली जनतामाथि वर्तमान ‘दलाल नियन्त्रित’ राज्यसत्ताले थोपरिरहेको भ्रष्टाचार, काला बजारिया, महंगी, तस्करी, व्यापीचारी, बलात्कार तथा हिंसाको श्रृंखला, गुण्डागर्दीविरुद्ध सशक्त आवाज भएकोले यसको प्रचार देशैभर पुरयाउन जिम्मेवारी सञ्चारकर्मीहरुको रहेको बताए ।

बैठकमा क्रान्तिकारी पत्रकार संगठनकाा अध्यक्ष प्रकाश डुम्रे, महासचिव हिम विष्ट, सचिव सिर्जना तिम्सिना र कोषाध्यक्ष जानकी चौधरी र केन्द्रीय सदस्यहरुको उपस्थित थिए ।

त्यस्तै यसअघि गत शनिबार नेकपाका स्थायी समिति सदस्य एवं प्रवक्ता प्रकाण्ड, अर्का स्थायी समिति सदस्य एवं मध्यमाण्ड ईन्चार्ज सुदर्शनको विशेष उपस्थिति र पोलिटब्यूरो सदस्य एवं पूर्वी कमाण्ड ईन्चार्ज विरहीको उपस्थितिमा क्रान्तिकारी पत्रकार संगठन नेपालसहित बसेको बैठकले ८ गतेको जनसभाको प्रचारप्रसार तीव्र बनाउन केन्द्रीय सदस्य मिलनको संयोजकत्वमा पाँच सदस्य प्रचारप्रसार उपसमिति गठन गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप