राज्यलाई सर्वाधिक कर बुझाउने कम्पनीको रुपमा नेपाल पुनर्वीमा कम्पनी पहिलो
मङ्गलबार, ०४ मङ्सिर २०७५, १८ : ००
काठमाडौं । सातौ राष्ट्रिय कर दिवसको अवसरमा वीमा व्यवसायतर्फबाट यस वर्ष राज्यलाई सर्वाधिक कर बुझाउने कम्पनीको रुपमा नेपाल पुनर्वीमा कम्पनी अग्रणी भएको छ ।
आन्तरिक राजस्व विभागले तयार गरेको सुची अनुसार उद्योग, कृषि, वित्तीय क्षेत्र, वीमा व्यापार लगायतका क्षेत्रमा सर्वाधिक कर तिर्ने संस्थाहरु छनोट गरी हरेक वर्ष विभागले सम्मान गर्दै आएको छ ।
सम्मानित व्यक्ति तथा कम्पनीलाई नेपाल सरकारका अर्थमन्त्री डा.युवराज खतिवडाले सम्मानपत्र प्रदान गरेका थिए । नेपाल सरकारले विभिन्न विधाबाट कर तिर्ने १५ संस्था तथा व्यक्तिलाई सम्मान गरेको छ ।