शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सम्सारा र अलजजीरा एक्सचेन्जवीच रेमिट्यान्स सम्झौता

सोमबार, ०९ साउन २०७४, १७ : ४५
सोमबार, ०९ साउन २०७४

काठमाडौं– सम्सारा रेमिट प्रालिले खाडी मुलुकमा आफ्नो सेवालाई अझै विस्तार गर्दै जाने क्रममा कतार स्थित रेमिट्यान्स कम्पनी अलजाजीरा एक्सचेन्जसँग विप्रेषण सेवा प्रदान गर्ने सम्झौता गरेको छ । 


उक्त सम्झौतापत्रमा सम्सारा रेमिटका तर्फबाट कार्यकारी उपाध्यक्ष जीवनबाबुु श्रेष्ठ र अलजाजीरा एक्सचेन्जको तर्फबाट महाप्रबन्धक निदाल सलीमले हस्ताक्षर गरेका हुन् । यस सम्झौता अनुसार कतारमा रहेका नेपालीले आफूले कमाएको रकम अलजाजीरा एक्सचेन्जको ८(आठ) वटा शाखाबाट  सजिलैसँग पठाउन सक्नेछन् र सो रकम सम्सारा रेमिटको नेपालै भरी रहेको ४ हजार २ सय  भन्दावढी सब एजेन्ट मार्फत नगद भुक्तानी लिन सक्नेछन् । 


यसले रकम बुझिलिने व्यक्तिको नेपालमा कुनै पनि बैक तथा वित्तिय संस्थाहरुमा रहेको खातामा रकम जम्मा गरिदिने समेत व्यवस्था गर्दछ । सम्सारा रेमिटले विश्वका सबैजसो देशहरुबाट नेपाली कामदारले कमाएको रकम विदेशी मुद्रामा भित्र्याउने कार्य गर्दे आएको छ ।

 

यो कम्पनीले एक्सप्रेस मनी, मनीग्राम, वल्र्ड रेमिट र इन्स्ट्यान्ट क्यास लगायत विश्व प्रशिद्ध कम्पनीसँग सहकार्य गरी विदेशमा रहेका नेपालीलाई विप्रेषण सम्बन्धी सेवा विगत दशवर्ष देखि सुलभ र सजिलो सँग प्रदानगर्दै आएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप