शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

बालश्रमबारे कानुनी व्यवस्था कार्यन्वयन भएन मन्त्री थापा

मङ्गलबार, ०४ मङ्सिर २०७५, १७ : ०५
मङ्गलबार, ०४ मङ्सिर २०७५

काठमाडौं– महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थमममाया थापाले कानुनी रूपमा बालबालिकालाई श्रममा लगाउन नपाइने व्यवहारमा लागु नभएको बताएकी छन् । 

रातोपाटीसँगको कुराकानीमा मन्त्री थापाले आर्थिक अवस्था कमजोर भएका परिवारका बालबालिकालाई अभिभावक आफैले पनि काम लगाईरहेको बताइन् । 

‘बालश्रममा लागेका बालबालिकाहरु आर्थिक अवस्था कमजोर परिवारका छन् । बालबालिकाको क्षेत्रमा सचेतना जगाउने काम सरकारी र गैरसरकारी दुबै क्षेत्रबाट भईरहेको छ’ मन्त्री थापाको भनाई छ । 

मन्त्री थापाले आफु मन्त्री पदमा हुँदा मात्रै नभएर महिलाका विषयमा लामो समय देखी बुझ्दै र काम गर्दै आएको बताइन् । ‘४५ वर्षदेखि महिलाका हकहितका निम्ती आन्दोलनमै लागिरहेकी छु । जसले गर्दा महिलाको समस्या के छ ,कसरी जान सकिन्छ भन्ने विषयको राम्रो ज्ञान छ’ मन्त्री थापाको भनाई छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप