बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

कृषि विकास मन्त्रालय खारेज गर्न माग

मङ्गलबार, ०४ मङ्सिर २०७५, १६ : ५७
मङ्गलबार, ०४ मङ्सिर २०७५

काठमाडौं–प्रतिनिधिसभाका सांसद हृदयश त्रिपाठीले कृषि विकास मन्त्रालय खारेज गर्न माग गरेका छन् । 

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद त्रिपाठीले कृषकको कामै नगर्ने कृषि विकास मन्त्रालयको आवश्यकता नरहेको भन्दै खारेज गर्नुपर्ने माग गरेका हुन् । 

मंगलबार संघीय संसद प्रतिनिधिसभा अन्तरगतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले कृषि मन्त्रालयको कामै नभएको र यसले तामझाम बाहेक अरु केही पनि काम नगरेको आरोप समेत लगाए । 
सय रुपैयाँमा १८ रुपैयाँ कृषकको नाममा खर्च गरेर ८२ रुपैंयाँ कर्मचारीहरुको तामझाममा लगाउने मन्त्रालयको रुपमा सो मन्त्रालयको चित्रण समेत गरे । 

सांसद त्रिपाठीले कृषि विकास मन्त्रालयका पदाधिकारीनै सबैभन्दा बढि विदेश भ्रमण गर्ने गरिरहेको भन्दै असन्तुष्टि पनि व्यक्त गरे । उनले चिनीले उपभोक्तालाई पारेर प्रतिकूल असरबारे ठोस पहल गर्न अर्थ मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई सचेत गराउनुपर्ने आवश्यक्ता पनि औंल्याए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप