केन्द्रीय संस्करण

नेविसंघको असन्तुष्ट समूह राजीनामाको मुडमा

person access_timeमंसिर ४, २०७५ chat_bubble_outline0

काठमाडौं— काँग्रेस केन्द्रीय कार्यसमितिले पास गरेको भ्रातृ सङ्गठन नेपाल विद्यार्थी संघको विधान अझै आफुहरुले नपाएको नेविसंघका नेताहरुले बताएका छन् । गत आइतबार बसेको काँग्रेस बैठकले नेविसंघको वर्तमान कार्यसमितिको म्याद २ महिना थप्ने निर्णयसहितको विधान पास गरेको थियो । 

काँग्रेस केन्द्रीय कमिटीले आइतबार पास गरेको विधान नेविसंघको कार्यालयसम्म आइनपुगेको नेविसंघ केन्द्रीय कार्यालयका मुख्य सचिव डिल्लीराज हमालले बताए । संघको कार्यालयमा विधान लिन गएका केन्द्रीय सदस्य सुशील भट्टले आफू रित्तै फर्किएको रातोपाटीलाई बताए ।

उनले भने,‘लामो समयसम्म संघको विधान पास गर्न पार्टी नेतृत्व उदासिन देखियो । पास गरिएको विधान ३ दिन भइसक्दा पनि नेविसंघ कार्यालयसम्म पुग्न नसक्नुले पार्टी नेतृत्वको नियत प्रष्ट हुन्छ । उनीहरु महाधिवेशन गर्ने कुरामा उदासीन छन् भन्ने प्रमाण हो यो ।’ 

तर, नेविसंघका सभापति नैनसिंह महरले थपिएको २ महिनामा महाधिवेशन गर्न सकिने दाबी गरे । मंसिर ६ गतेसम्म जिल्ला र प्रदेशको महाधिवेशनका लागि केन्द्रीय नेतृत्व छनोट गरिसक्ने बताएका महर यतिबेला पार्टी उपसभापति विमलेन्द्र निधिको साथमा गृह प्रदेश सुदूरपश्चिमतिर लागेका छन् । 

यता, संस्थापनइतरका सघंका नेताहरु महाधिवेशनको वातावरण बन्ने संकेत नदेखिएको भन्दै सामूहिक राजीनामा गर्ने तयारीमा लागेका छन् । त्यसका लागि उनीहरुले आफु निकटका काँग्रेस नेताहरुसँग छलफलमा व्यस्त छन् । सोमबार मात्रै काँग्रेस महामन्त्री शशांक कोइरालाले २ महिनामा संघको महाधिवेशन गर्न कुनै हालतमा सम्भव नभएको बताएका थिए । 
 

रातोपाटी संवाददाता

मूलधारको लोकप्रिय अनलाइन बन्न सफल रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो  । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ