शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

ह्वावे मेट ट्वान्टी प्रो बजारमा, ट्रिपल क्यामरा सहित वायरलेस रिभर्स चार्जिङको सुविधा

मङ्गलबार, ०४ मङ्सिर २०७५, १६ : १७
मङ्गलबार, ०४ मङ्सिर २०७५

काठमाण्डौँ– ह्वावे कम्पनीकै अहिलेसम्मकै सबैभन्दा सर्वोत्कृष्ट मध्येको सर्वोत्कृष्ट स्मार्टफोन–ह्वावे मेट ट्वान्टी प्रो सार्वजनिक भएको छ । गत महिना अन्तर्राष्ट्रिय बजारमा सार्वजनिक भएको ह्वावे मेट ट्वान्टी प्रो प्रयोगकर्ताहरूमाझ सर्वोत्कृष्ट स्मार्टफोनका रूपमा चिनिन्छ ।

लाइका अल्ट्रा वाइड एंगल लेन्ससहितको लाइका ट्रिपल क्यामरा, किरिन ९८० सहितको आर्टिफिसियल इन्टेलिजेन्स (एआई), ४० वाटको सुपरचार्ज तथा वायरलेस रिभर्स चार्ज युक्त ४२०० एमएएच ब्याट्री, हाईटच थ्रीडी फेश रेकग्निशन सहितको ईएमयुआई ९.० तथा आइकोनिक डिजाइनसहित बजारमा आएको छ ।

ट्रिपल क्यामरा 

ह्वावे मेट ट्वान्टी प्रोमा अत्याधुनिक लाइका ट्रिपल क्यामरा सेटअप जडित छ ।  अन्य स्मार्टफोन उत्पादक कम्पनीहरूले अझै पनि डुअल क्यामरा मात्र ल्याइरहेको बेला ह्वावेले अघि बढ्दै ट्रिपल क्यामरा सेटिङहरू ल्याउन सफल भइसकेको छ ।

खासगरी ह्वावे मेट ट्वान्टी प्रोमा भएको लाईका ट्रिपल क्यामरामा ४० एमपी आरजीबी क्यामराले दैनिक कैद गरिने फोटोहरूको डिटेलहरू सूक्ष्म रूपमा कैद गर्दछ भने ८ एमपीको टेलिफोटो लेन्सले टाढाको सटहरूमा फोकस गर्दछ र बिल्कुलै नयाँ २० एमपीलाईका अल्ट्रा वाइड एंगल लेन्सले ल्याण्डस्केप तथा म्याक्रो सटहरूका लागि सबै भन्दा उपयुक्त रहेको छ ।

वायरलेस चार्जिङ

वायरलेस चार्जिङलाई प्राथमिकता दिँदै ह्वावे मेट ट्वान्टी प्रोले १५ वाट सम्मवायरलेस चार्जलाई सपोर्ट गर्दछ र ४० वाट सम्म पनि सपोर्ट गर्न सक्दछ । यसमा भएको सुपरचार्ज प्रविधि टियूभी प्रमाणित हो । यो स्मार्टफोनले वायरलेस रिभर्स चार्जिङलाई सपोर्ट गर्दछ र अन्य क्यू आइ भएका उपकरणहरुका लागि पावर ब्यांकको रुपमा पनि काम गर्दछ ।

ह्वावे मेट ट्वान्टी प्रोको सेटसहित चार्जर, सेतो रंगको यूएसबी टाइप–सी एअरबडहरू तथा एउटा यूएसबी टाइप–सी–टु ३.५ अडियो अड्यापटर पनि उपलब्ध छ । उच्चदर्जाको कम्युनिकेशन फिचर ह्वावे मेट ट्वान्टी प्रोमा उच्चदर्जाको इन्टेलिजेन्स, कार्यक्षमता तथा कम्युनिकेशन फिचरहरू रहेका छन्, जसले प्रयोगकर्ताहरूलाई फोन प्रयोगको सर्वोत्कृष्ट अनुभव प्रदान गर्ने कम्पनीको दावी छ ।

ह्वावे मेट ट्वान्टी प्रोले किरिन ९८०का लागि सात एनएमप्रोसेस प्रविधि आत्मसात गरेको छ, जसकारण सिपियूको कार्य क्षमतामा ७५ प्रतिशतले वृद्धि‚ त्यस्तै जिपियू क्षमतामा ४६ प्रतिशत सुधारहरू र एनपीयूमा २२६ प्रतिशतले वृद्धि भएको छ ।

ह्वावे मेट ट्वान्टी प्रो स्ट्रीमलाइन लुककालागि आठ साइडमा कर्भ जस्तो गरिएको छ र सिमेट्रिकल लुक रहेको छ । बिल्कुलै नयाँ रंग हरियो (एमरालण्ड ग्रीन) रंग सहित क्लासिक ब्ल्याकमा यो फोन नेपाली बजारमा उपलब्ध छ ।

सोफिस्टिकेटेड थ्री डी फेस रेग्कनिसन फिचर तथा स्तोरन्नति गरिएको इनस्क्रीन फिङ्गर प्रिन्ट सेन्सरले ह्वावे मेट ट्वान्टी प्रो को महत्व झनै बढाएका छन् ।ओएलइडी ६.३९ इन्च स्क्रीनभएको यो फोन हेर्दा निकै आकर्षक, सुन्दर र सिम्पल पनि छ । 

सोफिस्टिकेटेड डिजाइनको ह्वावे मेट ट्वान्टी प्रो स्मार्टफोन सबैभन्दा अत्याधुनिक, लामो ब्याट्री आयु, अत्याधुनिक सुरक्षा, उत्कृष्ट फोटोग्राफी तथा भिडियोग्राफी अनुभव प्रदान गर्ने कम्पनीले बताएको छ । यो फोनको बजार मूल्य १,२९,९०० रहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप