बीर अस्पतालका क्यान्सर विरामीका लागि ३५ लाखको कोष स्थापना
काठमाडौं – शाइल कुमार उपाध्याय र करेन बास ट्रस्टले बीर अस्पतालका क्यान्सर विरामीका लागि ३५ लाखको कोष स्थापना गरेको छ । जसबाट बीर अस्पतालका क्यान्सर बिरामीलाइ औषधी प्रदान गरिने जनाइएको छ ।
कोषको सम्पूर्ण रकम बीर अस्पताल नेशनल ट्रमा सेन्टरलाई आर्थिक अवस्था न्यून भएका क्यान्सर बिरामीका उपचारको निम्त्ति साउन ९ गते आयोजित एक कार्यव्रmमका बिच हस्तान्तरण गरेको छ ।
क्यान्सर रोगले बिरामी स्वयंलाई मात्रै नभई सिँगो परिवारलाई नै ग्रस्त बनाउने भन्दै क्यान्सरको उपचार नेपालमा आर्थिक हिसाबले महङ्गो भएको जनायएको छ ।
तसर्थ यस ट्रस्टले बीर अस्पतालमा सानो योगदान स्वरुप आर्थिक अवस्थामा कमजोर क्यान्सर रोगीहरुमा लक्ष्ति गरेर औषधि प्रदान गर्ने आफनो मुल उद्देश्य रहेको जनाएको छ ।
आफनो काका स्व। शाइलकुमार उपाध्याय जो न्यूयोर्कमा संयुक्त राष्ट्रसंघको कूटनीतिज्ञ थिए, काकी स्व करेन बास्, जो लङ्ग क्यान्सरबाट मृत्य भएकी थिइन, उनीहरुप्रति समर्पित गर्दै विदुषी राणाबाट यस ट्रस्टको स्थापना भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अब मोबाइल एप मोबैंकबाट सजिलै भवन निर्माण इजाजत शुल्क तिर्न सकिने
-
राष्ट्रिय फोटो पत्रकारिता दिवस : मैत्रीपूर्ण खेलमा बंगलादेशी टोलीले आयोजकलाई हरायो
-
मनमोहन अधिकारीलाई कम्युनिस्ट आन्दोलनको निरन्तरताको पर्यायका रूपमा बुझ्नुपर्छ: ईश्वर पोखरेल
-
‘वार्षिक ६ खर्ब रुपैयाँभन्दा बढीको प्रविधि निर्यात गर्ने लक्ष्य छ’
-
ड्राई पाउडर इनहेलर ‘साभाकोर्ट’ नेपाली बजारमा
-
हामीले उपभोग गरिरहेको स्वतन्त्रता र अधिकार कसैको निगाहबाट प्राप्त भएको होइन: पूर्व राष्ट्रपति भण्डारी