बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

अनुगमनमा गएका मन्त्रीलाई कर्मचारीको जवाफ : घर भत्काउन डोजर नै पुगेन ! (तस्बिरसहित)

सोमबार, ०९ साउन २०७४, १७ : २६
सोमबार, ०९ साउन २०७४

काठमाडौं–  उपत्यकाका सडक अस्तव्यस्त भएको गुनासो बढ्दै गएका बेला मन्त्री र सरकारी कर्मचारीहरु देखाउनकै लागि भएपनि अनुगमनमा निस्कने गर्छन् । सोमबार पनि मन्त्री र कर्मचारीहरुले यस्तै अनुगमनलाई निरन्तरता दिए । 
मन्त्री –यो घर किन नभत्काएको ?
कर्मचारी – डोजर नपुगेर हजुर !
मन्त्री– यो पोल किन नसारेको ?
कर्मचारी – प्राधिकरणसँग विजुलीको पोल नै नभएर हजुर ।


यो सम्बाद हो, सहरी विकास मन्त्री र सम्बद्ध कर्मचारीहरुको । मन्त्री साहसँगै सहरी विकास मन्त्रालयका सचिव, सडक विभागका कर्मचारी समेत सोमबार अनुगमनमा सहभागि बने । तर, मन्त्रीसँगै अनुगमनमा निस्किएका कर्मचारीहरुले सरकारी कार्यलय रहेका भवन नभत्काइनुमा डोजर नपुगेको र सडकमा ठडिएको पोल नहटाउनुमा नेपाल विद्युत प्राधिकरणसँग त्यसको सट्टामा राख्ने विजुलीको पोल नै प्राधिकरणसँग नरहेको भन्ने गैरजिम्मेवार जवाफ दिएका थिए । 
अनुगमनका क्रममा मन्त्री साहले सडकका खालण्डाखुल्डी पुर्न ढिलाई गरेको, विजुलीका पोल नहटाएको तथा सडक छेउमा भत्काउन बाँकी भौतिक संरचना किन नहटाएको भन्दै सडक विभागका कर्मचारीसँग जवाफ मागेका  थिए ।
मन्त्री साहले काठमाण्डौ त्रिपुरेश्वरस्थित उद्योग विभाग रहेको घर किन नभत्काएको भनेर प्रश्न गर्दा सडक विभागका कर्मचारीले डोजर नपुगेर नभत्काएको भन्ने जवाफ फर्काएका थिए । त्यस्तै टेकुस्थित बाणिज्य बैक रहेको भवन भत्काउन भएको आलटालमा पनि कर्मचारीहरुले त्यस्तै आलटाल कुरा गरेर मन्त्रीलाई छक्काएका थिए । 


उता ढुङगेअड्डस्थित सडकमै ठडिएको विजुलीको पोल किन नहटाएको भनेर मन्त्रीले सोध्दा त्यहाँ पनि प्राधिकरणका कर्मचारीले प्राधिकरणसँग विजुलीको पोल नै नभएको भनेर आफ्नो बचाउ गरेका थिए । जवकी त्यो सडक खण्डमा विस्तारको काम सुरु भएको २ बर्ष वितिसकेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप