बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

एडिबीले दियो नेपाललाई ३९ अर्ब ३२ करोड

मङ्गलबार, ०४ मङ्सिर २०७५, १४ : १३
मङ्गलबार, ०४ मङ्सिर २०७५

काठमाडौं– एसियाली विकास बैंक (एडिबी) ले नेपाललाई करिब ३९ अर्ब ३२ करोड आर्थिक सहायता उपलब्ध गराउने भएको छ । पूर्व–पश्चिम राजमार्ग सुधार परियोजना र प्रकोप सहनशील विद्यालय निर्माण परियोजनाका लागि एडिबीले सो आर्थिक सहायता उपलब्ध गराउने भएको हो । 

मंगलबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच अर्थसचिव डा.राजन खनाल र एडिबीका लागि नेपाल आवासीय मिसनका देशीय निर्देशक मुख्तोर खामुदखानोभबीच सो आर्थिक सहायता उपलब्ध गराउने समझदारी पत्रमा हस्ताक्षर भएको छ । 

एडिबीको सहयोगमध्ये १८ करोड डलर दक्षिण एसिया उपक्षेत्रीय आर्थिक समन्वय कार्यक्रममा खर्च हुनेछ । त्यसैगरी प्रकोप सहनशील विद्यालय निर्माण परियोजनाका लागि १६ करोड ३९ लाख डलर खर्च हुने अर्थ सचिव खनालले जानकारी दिए । एडीबीको सो आर्थिक सहायताबाट नेपालको सडक संजालमा उल्लेख्य सुधार हुने नेपाल सरकारले विश्वास लिएको छ ।

एडीबीले नेपालको पूर्वाधार विकासमा आर्थिक तथा प्राविधिक सहयोग गर्दै आएको छ । अर्थ सचिव खनालले नेपाल सरकारलाई एडिबीले गरेको पछिल्लो आर्थिक सहायताप्रति पनि आभार व्यक्त गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप