शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पूर्व प्रेमी–प्रेमिकाको विवाहमा सरिक हुने बलिउड नायक नायिका

मङ्गलबार, ०४ मङ्सिर २०७५, १३ : ३४
मङ्गलबार, ०४ मङ्सिर २०७५

ब्रेकअप पछि पनि साथी !

डिनो मोरिया, बिपाशा बासु

राज फिल्मका नायक नायिका डिनो मोरिया र बिपाशा बासु ६ वर्षसम्म प्रेम सम्बन्धमा रहे । उनले आफ्नो प्रमे सम्बन्ध टुङ्ग्याउँदै साथी बने । बिपासाले करन सिंह ग्रोवरसँग विवाह गर्दा  डिनो उपस्थित थिए ।

रणबीर कपुर र सोनम कपुरः

रिपोर्टका अनुसार सावरिया फिल्मको सुटिङको क्रममा रणबीर र सोनम डेटिङमा थिए । राणबीर कपुर अहिलेकी प्रेमिका आलिया भट्टसँग सोनमको विवाहमा उपस्थित भए ।

नेहा धुपिया र युवराज सिंहः

नेहा धुपिया र क्रिकेटर युवराज सिंहबीच पनि प्रेम सम्बन्ध रहेको बताइन्छ । युवराजले मोडल र नायिका हेजल किचसँग सन् २०१६ मा विवाह गरे । नेहाले यी दुईको विवाह तत्कालीन प्रेमी अंगद बेदीसँग उपस्थिती जनाएकी थिइन् ।

रणबीर सिंह र आहाना देवलः

रणबीर र आहाना कलेजका दिनमा डेटिङमा थिए । रणबीर सन् २०१४ मा दीपिकासँग आहानाको विवाहमा सरिक भए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप