बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

दुर्घटनामा परे अभिनेता बिपिन कार्की

मङ्गलबार, ०४ मङ्सिर २०७५, १३ : १६
मङ्गलबार, ०४ मङ्सिर २०७५

काठमाडौं – चर्चित अभिनेता बिपिन कार्की दुर्घटनामा परेका छन् । उनी आज बिहान ७ बजेर ४५ मिनेटमा कलंकीमा दुर्घटनामा परेका हुन् । 

मोटरसाइकलमा सवार उनलाई कलंकीमा विपरित दिशाबाट आएको अर्को मोटरसाइकलले ठक्कर दिएको थियो । दुर्घटनाका कारण उनको दाहिने खुट्टाको हड्डीमा फ्र्याक्चर देखिएको छ । 

अहिले बल्खुमा अवस्थित बयोधा हस्पिटलमा कार्कीको उपचार भइरहेको ‘जात्रै जात्रा’का निर्देशक प्रदीप भट्टराइले बताए । 

‘जात्रै जात्रा’को सुटिङमा जाने क्रममा उनी दुर्घटनामा परेकाहुन् । उनको दुर्घटनाले चलचित्रको आजको छायाँकन समेत रोकिएको छ । 

‘अभिनेता कार्कीको अवस्था अहिले सामान्य रहेको छ,’ निर्देशक भट्टराइले भने ‘खुट्टामा भने फ्र्याक्चर देखिएको छ । केही दिन उनले रेष्ट गर्नु पर्ला,’ ठक्कर दिने मोटरसाइकल चालक फरार रहेको निर्देशक भट्टराइले बताए ।

पछिल्लो समयका निकै ब्यस्त अभिनेता उनको ‘जात्रै जात्रा’ लगायत केही चलचित्र छायाँकनमा छन्, भने केही प्रदर्शनको क्रममा छन् । अभिनित चलचित्र ‘प्रसाद’ यही २१ गते रिलिज हुदैछ । यसको प्रचारमा हिँड्ने बेला उनी दुर्घटनामा निर्माण युनिटलाई ठूलै घाटा लाग्न सक्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप