बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

रिसेप्सनका लागि बेंगलुरु उडे रणबीर, दीपिकाः एयरपोर्टमा देखिए खुसी र रोमान्टिक

मङ्गलबार, ०४ मङ्सिर २०७५, १२ : २३
मङ्गलबार, ०४ मङ्सिर २०७५

नोभेम्बर १४ र १५ तारिखमा इटालीको लेक कोमोमा विवाह गरेका रणबीर सिंह र दीपिका पादुकोण आफ्नो पहिलो रिसेप्सनका लागि बेंगलुरु उडेका छन् ।

पूर्व घोषित कार्यक्रम अनुसार रणबीर र दीपिकाले नोभम्बर २१ तारिख अर्थात भोलि बेंगलुरुमा रिसेप्सन दिँदै छन् भने दोस्रो रिसेप्सन नोभेम्बर २८ तारिखमा मुम्बईमा दिनेछन् ।

यी दुईलाई बेंगलुरु उड्नुअघि मुम्बई एयरपोर्टमा देखियो । दीपिकाले सेतो कुर्ता, रातो चुरा, घाँटीमा मंगलसूत्र र ठूलो झुम्का लगाएकी थिइन् भने रणबीर पनि श्रीमतीसँगै मेल खाने पहिरनमा थिए ।

यी दुई क्यामराको अगाडि निकै खुसी र रोमान्टिक देखिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप