शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

चिसो मौसममा लसुन वरदान हो, थाहा पाउनुहोस् दैनिक खानुका सात फाइदा

मङ्गलबार, ०४ मङ्सिर २०७५, १२ : ०८
मङ्गलबार, ०४ मङ्सिर २०७५

खानाको स्वाद बढाउनुका साथै लसुनको प्रयोग रुघा–खोकीको घरेलु उपचारमा पनि गरिन्छ । तर लसुन अन्य विभिन्न रोगमा पनि निकै फाइदाजनक हुन्छ । लसुनले शरिरमा गर्मी पैदा गर्छ त्यसकारण चिसो मौसममा यसको प्रयोग निकै फाइदाजनक हुन्छ । लसुनले पाचनमा पनि निकै फाइदा पुर्याउँछ त्यसकारण यसको दैनिक प्रयोग गर्नुपर्छ । यदि तपाईं खानामा दैनिक लसुनको प्रयोग गर्नुहुन्छ भने तपाईंले यस्ता फाइदा पाउनुहुनेछ ।

प्राकृतिक एन्टिबायोटिक हो लसुनः

लसुनमा प्राकृतिक रुपमा एन्टिबायोटिक गुण पाइन्छ । लसुनले तपाईंलाई हरेक प्रकारको संक्रमणबाट जोगाउँछ र यसले आन्तरिक स्वेलिङ र पिडा कम गर्छ । लसुन खानालाई विषाक्त बनाउने ब्याक्टेरियाबाट लड्न सक्षम रहन्छ । खानामा दैनिक प्रयोग गरिने लसुन एन्टिबायोटिक औषधीभन्दा पनि बढि प्रभावकारी हुन्छ । लसुनमा एलियम नामक एन्टिबायोटिक हुन्छ जसले धेरै रोगबाट बचाउन सहयोग गर्छ ।

रोग प्रतिरोधी क्षमता बढाउँछ लसुनः

लसुनमा प्रोटिन हुन्छ जसले विभिन्न रोगबाट लड्ने एन्टीबडी बनाउन सहयोग गर्छ । यसले रुघा, खोकी र अत्यधिक गम्भीर रोग लाग्ने जोखिम पनि कम गर्छ । यसका साथै, जसको रगत बाक्लो छ लसुन त्यस्ता व्यक्तिका लागि पनि फाइदाजनक हुन्छ । यसले शरिरमा रक्तप्रवाह सुचारु बनाइराख्छ । रगतलाई पातलो बनाउँछ जसले तपाईंलाई सम्भावित रोगबाट बचाइराख्न मद्दत गर्छ ।

मुटु रोगबाट बचाउँछः

लसुनले तपाईंको शरिरमा ब्याड कोलेस्ट्रोलको स्तरलाई कम गर्छ । यसले तपाईंको मुटु सधैं स्वस्थ राख्न सहयोग गर्छ । लसुनले शरिरमा गुड कोलेस्ट्रोलको स्तर बढाउने कामसमेत गर्छ । उच्च रक्तचापका बिरामीले दैनिक लसुन सेवन गरे यसले रक्तचापलाई नियन्त्रणमा ल्याउँछ । यसमा भएको एलिसिन नामक तत्वले उच्च रक्तचापलाई सामान्य गर्न सहयोग गर्छ ।

दाँत दुखाईमा फाइदाजनकः

लसुनमा एन्टि ब्याक्टेरियल तत्व हुन्छ जसले दाँतमा प्रत्यक्ष प्रभाव पार्छ । लसुनले दाँतको दुखाईलाई पनि राहत दिलाउने काम गर्छ । लसुनलाई ल्वाङ्सँग पिसेर दुखेको दाँतमा लगाइदिँदा दुखाई तुरुन्त कम हुन्छ ।

गर्भावस्थामा फाइदाजनक लसुनः

गर्भावस्थामा लसुनको नियमित सेवनले आमा र शिशु दुबैको स्वास्थ्यमा फाइदा पुर्याउँछ । यसले गर्भभित्र शिशुको तौल बढाउन पनि सहयोग गर्छ । गर्भवती महिलाले लसुनको सेवन नियमित रुपमा गर्नुपर्छ । गर्भवती महिलालाई यदि उच्च रक्तचाप छ भने उनले कुनै न कुनै रुपमा लसुनको सेवन गर्नैपर्छ । यसले रक्तचापलाई नियन्त्रणमा राखेर शिशुलाई हानी हुनबाट जोगाउँछ । यसले समयअगावै प्रसवको खतरा पनि कम गराउँछ ।

रक्तचाप नियन्त्रणमा राख्छः

लसुनमा उच्च रक्तचापको समस्या हटाउने गुण पनि हुन्छ । स्वास्थ्य विशेषज्ञका अनुसार उच्च रक्तचापका बिरामीले खाली पेटमा लसुनको सेवन गरे यसले रक्तसंचारलाई बढ्नबाट रोक्छ । यसका साथै लसुन मुटुको स्वास्थ्यका लागि पनि फाइदाजनक मानिन्छ ।

जोर्नीको दुखाईमा पनि लसुन फाइदाजनकः

जोर्नीसम्बन्धि रोगमा पनि लसुन निकै लाभदायक छ । लसुनको नियमित रुपमा सेवन गर्दा जोर्नी दुखाईमा राहत मिल्छ । यदि तपाईंलाई लसुन चपाउन मन लाग्दैन भने बिहान उठेपछि खाली पेटमा लसुनलाई क्यापसुलझैं खान सक्नुहुन्छ  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप