बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

लागुऔषध र रिभल्वरसहित काठमाडौँमा २ जना पक्राउ

मङ्गलबार, ०४ मङ्सिर २०७५, १० : १६
मङ्गलबार, ०४ मङ्सिर २०७५

काठमाडौँ । लागुऔषध र रिभल्वरसहित दुई जना राजधानीबाट पक्राउ परेका छन् ।

‘भक्तपुरतर्फबाट मोटरसाइकलमा लागू औषध कारोवार आउँदै छ,’ भन्ने विशेष सूचनाको आधारमा चेक जाँच गर्दा उनीहरु पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा सर्लाहीको लालबन्दी नगरपालिका–३ घर भएका २७ वर्षीय मनपुरण चौधरी र सोही स्थानका २७ वर्षीय भुवन परियार रहेका छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी नायब उपरिक्षक होमिन्द्र वोगटीका अनुसार सूचना पाएपछि महानगरीय प्रहरी वृत्त वानेश्वर, कोटेश्वर र कांडाघारीको प्रहरी टोलीले भक्तपुरबाट आउने नाकाहरुमा चेकप्वाईन्ट राखि चेकजाँच गरेको थियो । 

सोही क्रममा मंसिर २ गते करिब साढे ६ बजेको समयमा कामनपा–३२ जडिवुटी ढुङ्गेधारा नजिक ज ११ प ४८६६ नम्बरको मोटरसाइकल रोकी मोटरसाइकलमा सवार व्यक्तीहरुको चेकजाँच गर्दा उनीहरुको साथमा लागुऔषध र रिभल्वर फेला परेको थियो ।

प्रहरीका अनुसार उनीहरुको साथमा ८४० वटा नाईट्रभेट ट्याब्लेट र रिभल्वर एक थान फेला परेको थियो ।

दुवैलाई पक्राउ गरी महानगरीय प्रहरी वृत्त वानेश्वरमा वरामद सामानसहित राखिएको छ ।

हाल काठमाडौँ जिल्ला अदालतबाट लागु औषध र हातहतियार मुद्दामा दिन ५ को म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप