शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

ऐश्वर्या रायसँग जोडी बन्न नसक्दा निराश शाहरुखः भन्छन्, ‘म अभागी हुँ’

मङ्गलबार, ०४ मङ्सिर २०७५, १० : ०९
मङ्गलबार, ०४ मङ्सिर २०७५

नोभेम्बर १८ मा आयोजित लक्स गोल्डन रोज अवार्डस्मा बलिउडका चर्चित कलाकारको उपस्थिती रह्यो । वरुण धवन, शाहरुख खान, ऐश्वर्या राय बच्चन, सिद्धार्थ मल्होत्रा, आलिया भट्ट, करिना कपुर खान, करिश्मा कपुरले विशेष चर्चा रह्यो । सुपरस्टार शाहरुख खानले या कार्यक्रम नाइटलाई होस्ट गरे र ऐश्वर्या रायलाई अवार्डबाट सम्मानित गरे ।

ऐश्वर्याले टाइमलेस ब्यूटी अवार्ड हात पारिन् र अवार्ड लिएपछि उनले हेमा मालिनी, रेखा, जिनत अमान, माधुरी दिक्षित र काजोललाई आभार व्यक्त गरिन् । ऐश्वर्याले आफ्नो कुरा राखिसकेपछि शाहरुख स्टेजमा आएर ऐश्वर्यासँग काम गर्न नपाएकोमा आफूलाई अभागी बताए ।

शाहरुखले भने, ‘मैले जब ऐश्वर्यासँग पहिलो फिल्म पाएँ तब त्यसमा उनी मेरी बहिनी थिइन् । त्यसपछि मानिसहरुले ऐश्वर्या त मेरी बहिनीजस्ती देखिन्छिन् भन्न सुरु गरे । त्यसपछि जब मैले देवदासमा सँगै काम गरेँ तब उनी मबाट टाढा भइन् । यसरी हामी दुबै कहिले पनि जोडी बन्न र सँगै काम गर्न सकेनौं ।’

उक्त कार्यक्रमको एउटा भिडियो पनि सार्वजनिक भएको छ जसमा शाहरुख खानले ऐश्वर्याको निकै तारिफ गरिरहेको देख्न सकिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप