बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

महिला अस्पतालमा बनाइयो गर्भावस्था दर्साउने १४ मूर्ती, विवादको डरले पाँच वर्षपछि हटाइयो पर्दा

मङ्गलबार, ०४ मङ्सिर २०७५, ०९ : १५
मङ्गलबार, ०४ मङ्सिर २०७५

कतारस्थित सिद्रा मेडिसिन हस्पिटलको बाहिरी परिसरमा स्वास्थ्य विभागका अधिकारीले यस्ता १४ कलाकृतिको निर्माण गराएका छन् जसमा गर्भाधानदेखि बच्चाको जन्मसम्मको अवस्था वर्णन गरिएको छ । स्रोतका अनुसार मिडल इस्टमा पहिलो पटक कुनै मूर्तीकारले यस्तो कलाकृति बनाएका हो ।

अधिकारीका अनुसार यी मूर्तीको निर्माण सन् २०१३ को अक्टोबरमा नै भइसकेको थियो तर अस्पतालको निर्माणका लागि यी मूर्ती ढाकेर राखिएको आधिकारिक बयानमा उपलब्ध छ । निर्माणको पाँच वर्षपछि गत हप्ता अस्पतालको उद्घाटन पश्चात् यसमाथिको पर्दा हटाइएको थियो । यसबारे सोसल मिडियामा विवाद पनि सुरु हुन थालेको छ । यसलाई बनाउन आठ अर्ब डलर अर्थात् ९ खर्ब १५ अर्ब रुपैयाँ खर्च भएको छ ।

यी मूर्ती बनाउने बेलायती कलाकार ड्यामियन हिस्रटले सन् २०१३ मा यी मूर्ती सार्वजनिक गरिएको भए ठूलै विवाद निम्तिने कुरालाई स्विकार गरे । उनले भने, ‘यो मिडिल इस्टको इतिहासको पहिलो नग्न मूर्ती हो । यो कतारको स्वास्थ्य विभागको निकै आँटिलो कदम हो ।’

सरकार समर्थित कतार फाउन्डेशनकी आर्ट स्पेसलिष्ट लायला इब्राहिम बाचाले भनिन्, ‘हामीलाई लागेकै थिएन कि यी मूर्तीलाई सबैले मन पराउनेछन् र बुझ्नेछन् । हामीले यी मूर्तीलाई बहस र विचारको मुद्दा बनाउनका लागि तयार गर्यौं ।’

लायला भन्छिन्, ‘हामीलाई आशा छ कि यी मूर्तीको मद्दतले महिला र बच्चाको हेरविचारप्रति मानिस जागरुक हुनेछन् । मलाई लाग्छ कि यो मूर्ती सही स्थानमा राखिएका छन् । धेरै मानिसहरु यी मूर्तीसँग तस्बिर खिचाउनेछन् । आशा गर्छौं कि यो एक उदाहरणको रुपमा विकसित हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप