शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

दीपिका रणबीर विवाहका कारण इटालीमा यसकारण निम्तियो विवाद

मङ्गलबार, ०४ मङ्सिर २०७५, ०८ : १८
मङ्गलबार, ०४ मङ्सिर २०७५

रणबीर सिंह र दीपिका पादुकोणको नोभेम्बर १५ तारिखमा इटालीको लेक कोमोमा सिन्धी परम्परा अनुरुप भएको विवाहका कारण विवाद निम्तिएको छ । विवाहमा आनन्द कारज सेरेमोनीमाथि इटालीको सिख संगठनले आपत्ति जनाएको छ । संगठनले लेक कोमोबाट एक सय ५० किलोमिटर टाढा ब्रेसियाको एक गुरुद्वारबाट गुरु ग्रन्थ साहिब मागेकोमा आपत्ति व्यक्त गरेको छ ।

 इटालियन सिख अर्गनाइजेशनका प्रेसिडेन्ट सुखदेव सिंह कांगले अकाल तख्तको नियम अनुसार गुरुद्वारेबाहेक गुरु ग्रन्थ साहिबलाई अन्य कतै पनि लैजान नपाइने बताएका छन् । यसलाई होटल वा ब्याङ्क्वेट हलमा पनि लैजान प्रतिबन्ध भएको उनले बताए  । सुखदेवले अकाल तख्त जत्थेदारसँग पनि यसको लिखित ऊजुरी दिने जानकारी दिएका छन् । साथै उनले गुरुद्वारको व्यवस्थापनलाई यस्तो गल्तीका लागि जिम्मेवार मानेका छन् । रणवीर र दीपिकाको विवाह गराउनका लागि अमृतसरको स्वर्ण मन्दिरबाट नरिन्दर सिंह इटली गएका थिए ।

रिपोर्टका अनुसार आनन्द कारजका बेला दीपिका भावुक भएकी थिइन् । त्यतिबेला हर्षदीप कौर गुरबाणी ‘एक ओंकार...’ को लाइभ परफर्मेन्स दिइरहेकी थिइन् । जब अन्तिम फेरा लिने क्रममा दीपिकाको नजर बुवा प्रकाश पादुकोणमाथि पर्यो तब उनले आफ्नो आँसु रोक्न सकिनन् । प्रकाशको आँखामा पनि आँसु थिए । यो देखेर दीपिका उनलाई अँगालो हालेर धेरै बेरसम्म रोइरहेको भारतीय संचार माध्यमले बताएको छ । रणबीर र दीपिका २१ नोभेम्बरमा बेंगलुरु र २८ नोभेम्बरमा मुम्बईमा रिसेप्सन दिनेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप