शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

बंगलादेश र म्यानमारको चेपमा नेपाल

मङ्गलबार, ०४ मङ्सिर २०७५, ०७ : १५
मङ्गलबार, ०४ मङ्सिर २०७५

काठमाडौं — बंगलादेश र म्यानमार दुवै मुलुकको चेपमा पर्दा नेपालले राष्ट्रसंघीय महासभाको मानव अधिकार समितिमा भएको मतदानमा भाग लिन सकेन । 

पक्षमा उभिँदा म्यान्मार र विपक्षमा रहँदा बंगलादेश रिसाउने अवस्था आएपछि म्यान्मारविरुद्धको मतदानमा नेपालले उपस्थित जनाउन नसेको बुझिएको छ । 

७ लाख २० हजारभन्दा बढी रोहिंग्यालाई हिंसात्मक बल प्रयोग गरी देश निकाला प्रकरणलाई लिएर राष्ट्रसंघमा मतदान भएको हो । 

इस्लामिक संगठन (ओआईसी) र युरोपेली संघ (इयु)ले शुक्रबार राष्ट्रसंघीय महासभाको मानव अधिकार समितिमा म्यान्मारका मानव अधिकार उल्लघंनकर्ता दोषीलाई कारबाही माग गरी दर्ता गरेको संकल्प प्रस्तावको पक्षमा १ सय .४२  देशले मतदान गरेका थिए ।

चीन, रसिया, फिलिपिन्स भियतनाम, लाओसलगायत १० देशले विपक्षमा मत दिएका थिए । नेपाल, भारत, जापानलगायत एसियाका २६ देश अनु पस्थित रहे ।, आजको कान्तिपुर दैनिकमा यो खबर छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप