शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

भूकम्प क्षतिग्रस्त पुनः निर्माण छिटो सम्पन्न गर्नुपर्छ : मुख्यमन्त्री पौडेल

सोमबार, ०३ मङ्सिर २०७५, २१ : २१
सोमबार, ०३ मङ्सिर २०७५

हेटौँडा । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले भूकम्पबाट क्षतिग्रस्त सार्वजनिक सम्पत्ति छिटोभन्दा छिटो निर्माण गर्नुपर्ने बताएका छन् । 

मुख्यमन्त्री पौडेलले पुनः निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीसँग पुनःनिर्माणका विषयमा आज जानकारी लिने क्रममा सो बताएका हुन् ।

साथै उनले भूकम्पबाट क्षतिग्रस्त सरकारी भवन, विद्यालय र सर्वसाधारणको भवनको पुनः निर्माणमा ढिलाइ गर्न नहुने र यस कार्यमा प्रदेश सरकारले सहयोग गर्ने आश्वासन दिए । सो अवसरमा पुनःनिर्माणमा भइरहेको प्रगतिका विषयमा कुराकानी भएको थियो । 

मुख्यमन्त्री पौडेलले जाडो महीना शुरु भइसकेको भन्दै भूकम्पपीडित परिवारलाई यथाशीघ्र घर निर्माण गरी पुनर्वासको व्यवस्था मिलाउनसमेत आग्रह गरे । 

भेटका अवसमा प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले कामलाई तीव्र गति दिई लाभग्राहीलाई पुनःस्थापना गराउन प्राधिकरणले काम गरिरहेको छ भने । 

प्रदेश सरकारले भूकम्पबाट ध्वस्त विद्यालयको भौतिक संरचना पुनःनिर्माण दुई वर्षभित्र सम्पन्न गर्न सङ्घीय सरकार र स्थानीय सरकारसँग समन्वय गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरेको बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप