बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

जैविक फोहरको दुर्गन्ध हटाउने विधिको परीक्षण

सोमबार, ०३ मङ्सिर २०७५, २१ : १९
सोमबार, ०३ मङ्सिर २०७५

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले जैविक फोहरको दुर्गन्ध हटाउने विधिको परीक्षण गरेको छ ।    कामपाले आज टेकु ट्रान्सफर स्टेसनमा रगत मिसिएको कुखुराको प्वाँख, राँगा र भैंसीको लादीलगायत जैविक फोहरमा माइक्रो बायो पोजेटिभ ब्याक्टेरिया मिसाएर दुर्गन्ध हटाउने विधिको परीक्षण गरेको हो । 

कामपाका प्रमुख विद्यासुन्दर शाक्यले आन्तरिक कमजोरी सुधार गर्ने प्रतिबद्धता जनाउँदै निजी क्षेत्रले फोहर सङ्कलन र ढुवानीमा राम्रै काम गरे पनि सार्वजनिक ठाउँमा छुट्याएर महानगरको छवि बिगारेको बताए । 

बञ्चरेडाँडामा ल्याण्डफिल्ड साइटका रुपमा तयार गर्न शहरी विकास मन्त्रालयले पूर्वाधार विकासको जिम्मेवारी लिएको र त्यस क्षेत्रमा काठमाडौँबाट जाँदा तीनपिप्लेसम्मको सडक निर्माण गर्न यसअघि नै बोलपत्र आह्वान भइसकेको पनि शाक्यले जानकारी गराए । 

कामपाका वातावरण व्यवस्थापन विभागका प्रमुख हरिकुमार श्रेष्ठले परम्परागत फोहर व्यवस्थापनका विधिलाई आधुनिक बनाउँदै लैजाने क्रममा यस प्रकारको परीक्षण गरिएको जानकारी दिइन् । 

इड्मा इन्टरनेशनल कम्पनीका प्रतिनिधिका अनुसार यो विधिले फोहरबाट उत्पादन हुने दुर्गन्ध हटाउँछ । यो विधि जैविक फोहरमा प्रयोग गरिन्छ । यो ब्याक्टेरिया सकारात्मक ब्याक्टेरिया हो । 

यसले मानव स्वास्थ्यमा कुनै पनि असर गर्दैन । निष्क्रिय बनाएर राखिएको ब्याक्टेरियालाई सक्रिय बनाएर यसको प्रयोग गरिन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप