शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश प्रमुख तुम्वाहाङसँग राजदूतको शिष्टाचार भेट

सोमबार, ०३ मङ्सिर २०७५, २१ : १७
सोमबार, ०३ मङ्सिर २०७५

पथरी । नेपालका लागि बङ्गलादेशका राजदूत माश्फी बिन्ते साम्सले प्रदेश–१ का प्रदेश प्रमुख प्रा. डा. गोविन्दबहादुर तुम्वाहाङसँग शिष्टाचार भेट गरेका छन् । 

प्रदेश प्रमुखको कार्यालयमा आज भएको भेटमा प्रदेश प्रमुख तुम्वाहाङले सङ्क्रमणकालको अन्त्य भई मुलुक सङ्घीयतामा प्रवेश गरिसकेकाले प्रदेशको समग्र विकासका लागि बङ्गलादेशसँग हातेमालो गरी प्रदेश सरकार अघि बढ्ने बताए । 

सो अवसरमा राजदूत साम्सले प्रदेश न १ प्राकृतिक रूपमा अब्वल रहेकाले यहाँको पर्यटन, ऊर्जाको प्रवद्र्धनका लागि बङ्गलादेशको सहयोग रहने बताए । 

बङ्गलादेश र काठमाडौंलाई जोड्न सकिने यो प्रदेशलाई पुलका रूपमा विकास गर्न सक्ने धारणा राखे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप