शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

डर्टमन्डको बसमा आक्रमण गर्ने वेनरगार्डलाई जन्मकैद हुनसक्ने

सोमबार, ०३ मङ्सिर २०७५, २० : ३३
सोमबार, ०३ मङ्सिर २०७५

फ्राङ्कफर्ट । जर्मनीका सरकारी वकीलहरूले यहाँको एक अदालतलाई बोरुसिया डर्टमन्डको खेलाडीहरूको बसमाथि सन् २०१७ को अप्रिल महिनामा बम आक्रमण गरेको आरोप लागेका एक व्यक्तिलाई जन्मकैदको सजाय दिन सोमबार सुझाब दिएका छन् । 

आरोपित सर्जेन्ट वेनरगोल्डले खेलाडी बसेको होटेलबाट निस्किएपछि विभिन्न ३० स्थानमा गाडीमा आक्रमणको प्रयास गरेको दावी वकील कार्टसन डोम्बर्टले भने । 

वेनरगार्डले गराएको बिस्फोटमा परी दुई जना गम्भीर घाइते बनेका थिए । वेनरगार्डको मुद्दामाथिको सुनुवाई सकिएको र सम्भवत अर्को साता फैसला सुनाइने तयारी रहेको बताइएको छ । 

रूसमा जन्मेका जर्मन नागरिकले आफुले १ किलोग्राम हाइड्रोजन पेरोक्साइड (विस्फोटक पदार्थ) र केही फलामका ‘बोल्ट’हरू सडकमा राखेको स्वीकारे पनि आफुले कसैको हत्याका लागि लक्षित गरेर उक्त विस्फोटक पदार्थ भने नबिच्छाएको परस्पर विरोधी बयान दिएका छन् । 

वकीलहरूले आरोपित वेनरगार्डले सम्भब भएसम्म धेरै खेलाडीलाई हत्या गर्ने चाहेको बताइएको छ । क्लबको सेयरको मूल्यमा गिरावट गराउने र आर्थिक लाभ प्राप्त गर्ने उद्देश्यले उक्त घटना गराएको बताएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप