बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

द्वन्द्वपीडितलाई अधिकारबाट विमुख गर्न हुन्न : अध्यक्ष शर्मा

सोमबार, ०३ मङ्सिर २०७५, १९ : ५८
सोमबार, ०३ मङ्सिर २०७५

काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले द्वन्द्वपीडितलाई उनीहरुको अधिकारबाट विमुख गर्न नहुने बताएका छन् । 

नेपाल मानवअधिकार सङ्गठनले आज बुझाएको ज्ञापनपत्र लिँदै अध्यक्ष शर्माले द्वन्द्वपीडितले न्याय पाउनुपर्ने बताए । 

अध्यक्ष शर्माले द्वन्द्वपीडितले पाउने न्याय ओझेलमा पर्न नदिनका लागि द्वन्द्वपीडित एक ढिक्का भएर न्यायका लागि लड्नुपर्नेमा जोड दिए । 

उनले सङ्क्रमणकालीन न्यायका संयन्त्रहरुबाट समयमै प्रतिवेदन÷सिफारिश नेपाल सरकारलाई बुझाएको अवस्थामा मात्रै मानवअधिकारका विषयले मूर्तरुप लिन सम्ने स्पष्ट पारे । 

द्वन्द्वपीडितबीच नै द्वन्द्वको रेखा देखा पर्न नहुनेमा जोड दिँदै अध्यक्ष शर्माले मानव अधिकारको विषयलाई संस्थागतरुपमा सम्बोधन गर्न सहज हुने बताए ।

अधिवक्ता ओमप्रकाश अर्यालले द्वन्द्वपीडितको न्याय पाउने अधिकारलाई ओझेलमा पर्न नदिन र पीडकलाई कारवाहीको दायरामा ल्याउन आयोगका अध्यक्ष शर्मालाई ज्ञापनपत्र बुझाएको जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप