शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

बलिउडमा ४ अभिनेत्री, जो एक समय अजयको प्रेममा थिए पागल

सोमबार, ०३ मङ्सिर २०७५, १७ : ४७
सोमबार, ०३ मङ्सिर २०७५

मुम्बई– अभिनेता अजय देवगन हमेसा अभिनय रहेको फिल्मका कारणले चर्चामा रहने गरेकी छन् । उनी कहिलै पनि विवादमा फसेका छैनन् । अभिनेत्री काजोलसँग विवाह गरेका उनका दुई सन्तान रहेका छन् ।
एक समय बलिउडमा अजय देवगनको स्टारडमको चर्चा हुने गर्दथ्यो । उनको प्रेम र रिलेसनको पनि चर्चा हुने गर्दथ्यो । आज चर्चा ती अभिनेत्रीको गर्न खोजिएको छ । जो एक समय अजय देवगनको प्रेममा पागल थिए ।
 
करिश्मा कपुर
अभिनेत्री करिश्माले अजयका साथ थुप्रै चलचित्रमा काम गरेकी छन् । एक समय यी दुवै अफेयर्समा थिए । यस कारण पनि काजोल र करिश्माको बीच पहिले दुस्मनी थियो ।

मनीषा कोइराला
अभिनेत्री मनिषा अहिले फिल्म अभिनयबाट टाढा छिन् । उनी ९० को दशकमा सबैभन्दा हिट अभिनेत्री हुन् । अजय र मनिषाले फिल्म धनवानमा एकसाथ काम गरेका थिए । अभिनय सिलसिलामा दुबैको अफेयर्स चलेको थियो । तर केही समयपछि अलग भए । 

रविना टन्डन
अभिनेत्री रविना पनि अजय देवगनसँग विवाह गर्न चाहन्थिन् । दुवैले फिल्म जिगरमा एकसाथ काम गरेका थिए । दुबै एक अर्काेको नजिक पनि थिए । तर अचानक अजय तब्बुसँग नजिक भएपछि रबिना पछि हटेकी थिइन् । 

तब्बु 
अभिनेत्री तब्बुले अहिलेसम्म विवाह गरेकी छैनन् । उनले कहिलै पनि प्रेममा नरहेको पनि होइन । अभिनयको दौरानमा उनको नाम केही अभिनेतासँग जोडिएको थियो । एक साय अजय र तब्बु अफेयर्समा थिए । तर अचानक अजयले काजोलसँग विवाह गरे । अजयको विवाह पछि प्रेम त टेट्यो तर तब्बुले अहिलेसम्म विवाह गरेकी छैनन् । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप