मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

कालोपुलबाट घरेलु मदिरासहित २ जना पक्राउ

सोमबार, ०३ मङ्सिर २०७५, १७ : २१
सोमबार, ०३ मङ्सिर २०७५

काठमाडौँ– महानगरीय प्रहरी वृत्त कमलपोखरीबाट खटिएको प्रहरी टोलीले काठमाडौँ महानगरपालिका ५ कालोपुलमा सवारीसाधान जाँचको क्रममा २२० लिटर घरेलु मदिरासहित दुई जनालाई पक्राउ गरेको छ । 

नुवाकोटका सुका तामाङले मारूती भ्यानमा लुकाएर ल्याएको १५० लिटर र रामेछापका पेम्मा तामाङले स्कुटरमा बोकेको ७० लिटर घरेलु मदिरा आज बरामद गरिएको हो । उक्त परिमाणको मदिरा नियन्त्रणमा लिएर तामाङद्वयलाई आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप