बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

महोत्तरीको दशगजा क्षेत्रमा लुटपाट, लुटेराले कुट्दा १० घाइते

सोमबार, ०३ मङ्सिर २०७५, १६ : ३२
सोमबार, ०३ मङ्सिर २०७५

जनकपुर– महोत्तरी जिल्लाको सीमा क्षेत्रमा पर्ने सोनमा गाउँमा लुटेराहरुको एक समुहले लुटपाटका साथै कुटपिट समेत गरेका छन् । लुटेराहरुको कुटपिटबाट एकै परिवारका १० जना घाइते भएका छन् ।

कुटपिटपछि  लुटेराहरुको समुहले करिब १० लाख बराबरको धनमाल लुटेको पीडितहरुले बताएका छन् ।

आईतवार राति एक दर्जनको समुहमा आएका हतियारधारी डाकाहरुले महोत्तरीको सोनमा गाउँपालिका वडा नम्बर ३ स्थित खखना गाउमा श्रीचन्द्र यादवको घरमा आक्रमण गरी लुटपाट गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको हो ।

सो समुहले बम, गोली, लाठी र खुकुरी प्रहार गरी श्रीचन्द्र यादवका घरमा सुतिरहेका १० जना सदस्यलाई घाईते बनाएको महोत्तरी प्रहरीले जनाएको छ । जसमध्ये ३ जना गम्भीर घाइते भएका छन् । डाकाको आक्रमणबाट गम्भीर घाइते हुनेहरुमा लेलिन यादव, संजीव यादव र सुरेन्द्र यादव छन् ।

त्यस्तै डाकाको आक्रमणबाट मुरनदेवी यादव, राजिव कुमार यादव, शान्ति देवी, चित्रलेखा यादव, रिंकु यादव, जितेन्द्र यादव, दिदेन्द्र यादव घाइते भएका छन् । घाइते ९ जनाको महोत्तरीको सम्सीस्थित जीवन ज्योती अस्पतालमा उपचार भइरहेको छ भने सुरेन्द्रको जनकपुर अञ्चल अस्पतालमा उपचार नभएपछि थप उपचारको लागि विराटनगर रेफर गरिएको जनकपुर अञ्चल अस्पतालले जनाएको छ ।

डाकाहरुले घरमा रहेको साढे चार लाख नगद, ७ तोला सुन, आठ तोला चाँदी र सात थान मोवाईल लगायत १५ लाख बराबरको धनमाल लुटेर लगेको घरधनी श्रीचन्द्र यादवले बताए । डाकाहरुले करिब १ घण्टासम्म लुटपाट गरिरहँदा डेढ किलोमिटर नजिकै रहेको प्रहरी चौकीमा फोन गर्दा समेत प्रहरी समयमा नआएको पीडित यादव परिवारले जनाएको छ र महोत्तरीका प्रहरी उपरीक्षक ईश्वर कार्कीले डाकाहरु घरमा पसेर सुतेका तीन जनालाई भाटाले हिर्काउँदै घाइते बनाएको र अन्य सदस्यहरुलाई कुटपीट गरेको बताए । 

डाकाहरुले सुतली बम समेत पड्काएका थिए । सो बम विस्फोटबाट उनीहरुलाई छर्रा लागेको छ । डाकाहरु सीमापारी भारतबाट आएको हुनसक्ने उपरीक्षक कार्की भनाई छ । उनले घटनाबारे अनुसन्धान सुरु भएको जानकारी दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप