शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

फिजीमा शक्तिशाली भूकम्प

सोमबार, ०३ मङ्सिर २०७५, १५ : १६
सोमबार, ०३ मङ्सिर २०७५

लम्बासा– टापूहरुले घेरिएको देश फिजीमा आइतबार साँझ शक्तिशाली भूकम्प गएको छ । यो भूकम्प ६.७ म्याग्नीच्युड मापन गरिएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस) ले जनाएको छ । 

उक्त भूकम्प स्थानीय समयानुसार आइतबार राति ८ः२५ बजे गएको थियो । यस भूकम्पका कारण मानवीय र भौतिक क्षतिको हालसम्म कुनै समाचार प्राप्त भएको छैन । हालसम्म सुनामीको चेतावनी समेत दिइएको छैन । 

गत सेप्टेम्बरमा पनि फिजीमा ६।२ म्याग्नीच्युडको भूकम्प गएको थियो । फिजीमा बारम्बार भूकम्प जाने र ज्वालामुखीले सताउने गरेको छ । –एएनआई 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप