बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सुस्मिता सेनको जन्मदिनमा १५ वर्ष कान्छो प्रेमीले स्वीकारे प्रेम, लेखे यस्तो सन्देश

सोमबार, ०३ मङ्सिर २०७५, १३ : १५
सोमबार, ०३ मङ्सिर २०७५

मिस युनिभर्सबाट बलिउड नायिका बनेकी सुस्मिता सेनको नोभेम्बर १९ तारिखमा जन्मदिन हो । उनी ४३ वर्ष पुगेकी छिन् । जन्मदिनको मौकामा सुस्मिताका कथित प्रेमी रोहमन शलले उनका लागि विशेष सन्देश लेखेका छन् ।

मोडलिङ जगतमा आफ्नो करियर स्थापित गर्दै गरेका रोहमनलाई धेरैजसो सुस्मितासँग देखिन्छ । सुस्मिताभन्दा १५ वर्ष कान्छा रोहमनले यसअघि कहिले पनि नायिकाका लागि आफ्नो प्रेम व्यक्त गरेका थिएनन् । तर जन्मदिनको मौकामा रोहमानले आफू सुस्मितालाई निकै माया गर्ने भन्दै इन्टाग्राममा प्रेमपूर्ण मेसेज लेखे ।

रोहमनले सुस्मितासँगको निकै रोमान्टिक तस्बिर साझा गर्दै क्याप्सनमा लेखे, ‘जन्मदिनको शुभकामना मेरी जान । मलाई थाहा छ म केही सिमित शब्दको व्यक्ति हुँ त्यसकारण आजको दिनमा बुद्धिमानीपूर्वक शब्दको चुनाउ गर्दैछु । आज यो तपाईंको जीवनको सबैभन्दा महत्वपूर्ण दिन हो त्यसकारण यसलाई सबैभन्दा उत्कृष्ट तरिकाले मनाऔं । आशा गर्छु कि यो वर्ष अद्भूत तरिकाले बितोस् र तपाईंको जीवन अद्भूत रहोस् ।’

यससँगै उनले थपेका छन्, ‘एसएस, म तपाईंलाई प्रेम गर्छु, सधैंभरी !’

यसअघि सुस्मिताले पनि दिवाली पार्टीमा रोहमनसँगको तस्बिर सेयर गरेकी थिइन् । दुई छोरी र रोहमनसँगको सुस्मिताको तस्बिर निकै चर्चितसमेत भएको थियो ।

रोहमन शल सुपरमोडल हुन् । स्मरण रहोस्, सुस्मिता सेन र रोहमनमा करिब १५ वर्षको अन्तर छ । सुस्मिता ४३ वर्षकी हुन् भने रोहम २७ वर्षका ।

सुस्मिता सेनले सन् १९९४ मा मिस युनिभर्सको ताज जित्ने पहिलो भारतीय बनेकी थिइन् । सुस्मिताले सन् १९९६ को फिल्म ‘दस्तक’ बाट बलिउडमा कदम राखेकी थिइन् । बीबी नम्बर वान, मेने प्यार क्यों किया, मे हु ना, फिलहाल, बंगाली फिल्म निर्बाकलगायतमा उनले अभिनय गरिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप