आइएसले यौनदासीको रुपमा राखेको युवतीको बयानः ६ महिनासम्म हरेक दिन उनले मेरो बलात्कार गरे
बीबीसी
‘६ महिनासम्म उनीहरुले हरेक दिन मेरो बलात्कार गरिरहे । मैले आफूलाई नै हत्या गर्ने कोसिस गरें ।’ यो भनाई हो यजिदी युवती इखलासको ।
इखलाख त्यतिबेला १४ वर्षकी थिइन् जब इस्लामिक स्टेटका कथित लडाकूले उनलाई अपहरण गरे र उनलाई यौनदासीको रुपमा बन्धक बनाए ।
सन् २०१४ मा इस्लामिक स्टेटको निशानामा विशेषगरी यजिदी थिए । यजिदी एक धार्मिक समूदाय हो जुन उत्तरी इराकको इलाकामा वर्षौंदेखि बस्दै आएको छ ।
इस्लामिक स्टेटका चरमपन्थी लडाकूले पुरुषको हत्या गरे र महिलालाई अपहरण गरे ।
इस्लामिक स्टेटः
यद्यपी, इखलासले इस्लामिक स्टेटको पकडबाट बाँच्नका लागि माउन्ट सिंजारको इलाकबाट भाग्ने कोसिस गरिन् तरपनि उनी ती मानिसहरुको पकडमा आइन् ।
इस्लामिक स्टेटका लडाकूले उनीहरुलाई बन्धक बनाए र तीमध्ये एकले उनलाई ६ महिनासम्म यौनदासी बनाएर राखे ।
इखलासका अनुसार इस्लामिक स्टेटका एक लडाकूले उनलाई १ सय ५० युवतीमध्येबाट गोलाप्रथा गरी छानेका थिए ।
इखलास भन्छिन्, ‘ती व्यक्ति घिनलाग्दो थिए । लामो कपाल भएका ती व्यक्ति कुनै जनावरजस्तै देखिन्थे । उनको शरिर गन्हाउँथ्यो । म उनीसँग यति डराउँथे कि उनलाई हेर्न पनि सक्दिनथें ।’
शरणार्थी शिविरः
एक दिन इस्लामिक स्टेटका ती चरमपन्थी कतै लडाईंका लागि गएका थिए र त्यतिबेला नै उनी त्यहाँबाट भाग्ने मौका पाइन् र सफल पनि भइन् ।
पछि इखलासलाई एक शरणार्थी शिविरमा पुर्याइयो ।
पीडा र त्रासदीले भरिएका ती दिनलाई याद गर्दै इखलास भन्छिन्, ‘म नरोइकनै आफ्नो कुराहरु तपाईंलाई कसरी भन्न सकिरहेकी छु । वास्तवमा मेरो आँसु सुकिसकेको छ ।’
इखलास अहिले जर्मनीको एक मानसिक अस्पतालमा छिन् र उनले त्यहाँ उपचारका साथै शिक्षा पनि पाइरहेकी छिन् ।
इखलासको सपना एक सफल वकिल बन्नु हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मानपुर-बुलिङटार सडक खण्डमा कालोपत्र गरिँदै
-
सङ्घीय कानुनले पूर्णता नपाउँदा सङ्घीयताको अनुभूति भएन : प्रकाशमान सिंह
-
सरकारलाई आजपाको सचेतनापत्र, माग पूरा नभए वैशाख २० देखि भन्सार घेराउ
-
लोकसभा निर्वाचन : अमेठीबाट राहुल र रायबरेलीबाट प्रियंका चुनाव लड्ने
-
१४ अन्तर्राष्ट्रिय वित्तीय संस्थाका प्रतिनिधिद्वारा अर्थमन्त्रीसँग भेट
-
पोखरामा बसले स्कुटरलाई ठक्क दिँदा किशोरीको मृत्यु