शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कांग्रेस केन्द्रीय समितिको बैठक सकियो, के भयो निर्णय ?

आइतबार, ०२ मङ्सिर २०७५, २१ : २४
आइतबार, ०२ मङ्सिर २०७५

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक सम्पन्न भएको छ । बैठकले कांग्रेस निकट भातृसंगगठन नेपाल विद्यार्थी संघको वर्तमान कार्यसमितिको म्याद २ महिना थप्ने निर्णय गरेको छ । 

आइतबार साँझ बसेको कांग्रेस केन्द्रीय समिति बैठकले नैनसिंह महर नेतृत्वको कार्यसमितिको म्याद २ महिना थप्ने निर्णय गरेको हो ।

उक्त निर्णयप्रति असन्तुष्टी जनाउँदै पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र पूर्व सहमहामन्त्री अर्जुननर सिहं केसीले बैठक बहिष्कार गरेका छन् । 

यता नेविसंघका महामन्त्री कुन्दनराज काफ्लेले संगठनभित्र ३२ वर्षे उमेरहद तत्काल लागू गर्न माग गरेका छन् । उनले आज एक विज्ञप्ति  जारी गरी पार्टी नेतृत्वसमक्ष सो माग गरेका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप