बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

जडीबुटीबाट पेस्तोलसहित दुई जना पक्राउ

आइतबार, ०२ मङ्सिर २०७५, २० : ५३
आइतबार, ०२ मङ्सिर २०७५

काठमाडौं । आइतबार काठमाडौंको जडीबुटीबाट कटुवा पेस्तोलसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सर्लाहीको लालबन्दी स्थायी घर भएका भूवन परियार र मनिपुरन चौधरी रहेका छन् । 

तराईबाट काठमाडौं ल्याउँदै गर्दा उनीहरुलाई महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी वृत, बाननेश्वरबाट खटिएको टोलीले पक्राउ गरेको हो । 

पक्राउ परेका उनीहरुको साथबाट ८४० ट्याब्लेट नाइट्रो म्याट लागुऔषध बरामद गरिएको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रमुख (एसएसपी) वसन्त लामाले बताए ।

घटनाबारे थप अनुसन्धान भइरहेको एसएसपी लामाले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप