शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

जलवायु परिवर्तनका असरसम्बन्धी मुद्दा उठाउन सुझाव

आइतबार, ०२ मङ्सिर २०७५, २० : ३३
आइतबार, ०२ मङ्सिर २०७५

काठमाडौँ । जलवायु परिवर्तनका असरबाट नेपालले भोग्नुपरेका समस्याका बारेमा अन्तर्राष्ट्रिय मञ्चमा सशक्तरुपमा मुद्दा उठाउन यस क्षेत्रका विज्ञले सुझाव दिएका छन् । 

उनीहरुले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धिका पक्ष राष्ट्रको २४औँ सम्मेलन (कोप–२४) मा जलवायु परिवर्तनले जनजीविकामा पु¥याएको असरका बारेमा नेपालले प्राथमिकताका साथ उठाउनुपर्नेमा जोड दिएका हुन् । 

सम्मेलनमा नेपालले उठाउनुपर्ने विषयको तयारी सम्बन्धमा वन तथा वातावरण मन्त्रालय र स्वच्छ ऊर्जा नेपालले सरोकारवाला व्यक्ति र सङ्घसंस्थाबीच आज यहाँ अन्तक्र्रिया आयोजना गरेको हो । 

कार्यक्रममा वन सचिव डा विश्वनाथ ओलीले सम्मेलनमा नेपालले उठाउनुपर्ने विषयसम्बन्धी प्रतिवेदन अन्तिम तयारीमा रहेको र सरोकारवालाका सुझाव समेटिने बताए । 

कार्बन उत्सर्जनमा नेपालको योगदान न्यून भए पनि धेरै असर भोग्नुपरेको सन्दर्भमा सरकारले जलवायु कूटनीतिमार्फत अन्तर्राष्ट्रिय सङ्घसंस्थासँग छलफल भइरहेको उहाँले जानकारी दिए । 

मन्त्रालयको जलवायु परिवर्तन महाशाखा प्रमुख डा महेश्वर ढकालले सम्मेलनमा नेपालले उठाउने विषय र तयारीका बारेमा जानकारी गराएका थिए ।

स्वच्छ ऊर्जा नेपालका जलवायु विज्ञ मञ्जित ढकालले जलवायु परिवर्तले पु¥याएका असरका बारेमा जानकारी गराउँदै नेपालले उठाउने विषयमा सरोकारवाला सबैका आवाज समेट्नुपर्ने सुझाव दिए ।  

सरोकारवाला व्यक्ति र सङ्घसंस्थाले सम्मेलनमा नेपालले उठाउनुपर्ने विषयमा सुझाव दिएका थिए । कोप–२४ आगामी डिसेम्बर २ देखि १४ तारिखसम्म पोल्याण्डको क्याटोविसमा हुँदैछ । 

नेपालका तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीको नेतृत्वमा उच्चस्तरीय टोली सम्मेलनमा सहभागी हुँदैछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप