शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

चीनबाट नेपालले ठूलो भरोसा गरेको छ : अर्थमन्त्री खतिवडा

आइतबार, ०२ मङ्सिर २०७५, २० : ००
आइतबार, ०२ मङ्सिर २०७५

काठमाडौं– अर्थमन्त्री डा. युवराज खतिवडाले चीनबाट नेपालले आर्थिक विकासका लागि ठूलो भरोसा गरेको बताएका छन् ।  अर्थमन्त्री खतिवडाले नजिकको छिमेकी हुनुको नाताले पनि चीनले नेपालको समृद्धिका लागि आवश्यक लगानी र पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास पनि व्यक्त गरे । 

आईतबार नेपाल–चीन मैंत्री संघले काठमाडौंमा आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले चीनको ‘वान रोड वान बेल्ट’ अवधारणाले दक्षिण एशीयाली राष्ट्रकै आर्थिक विकास र व्यापारमा ठूलो सफलता हात पार्ने पनि स्पष्ट पारे । 

कार्यक्रममा बोल्दै नेपालका लागि चीनका राजदूत यू होङले चीनले विश्वमै लगानी र व्यापारका लागि आवश्यक वातावरण बनाउन ‘वान बेल्ट वान रोड’ को अवधारणा अघि सारेको स्पष्ट पारिन् । उनले नेपालले सो अवधारणाको साथ दिएको भन्दै आभार पनि व्यक्त गरिन् । 

राजदूत होङले व्यापारमा सबै राष्ट्रको सहभागितामा वृद्धि गर्न पनि ‘वान बेल्ट वान रोड’ को अवधारणा उपयोगी हुने पनि स्मरण गराइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप