शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

अनियन्त्रित भएर मोटरसाइकल पल्टिँदा दुई जनाको मृत्यु

आइतबार, ०२ मङ्सिर २०७५, १९ : ४५
आइतबार, ०२ मङ्सिर २०७५

हेटौँडा । हेटौँडा वीरगञ्ज सडकखण्डको हेटौँडा उपमहानगरपालिका वडा नं ९ पशुपति नगरमा वीरगञ्जबाट आइरहेको ना६ख ७०१७ नं को ट्रक करीब ११ः३० बजे अनियन्त्रित भई पल्टिएर मोटरसाइकल र अटो रिक्सालाई थिच्दा दुई जनाको घटनास्थलमा मृत्यु भएको छ । 

जिल्ला प्रहरी कार्यालय मकवानपुरले दिएको जानकारीअनुसार ना१ह ८९५९ नं को अटो रिक्साका यात्रु हेटौँडा वडा नं ४ बस्ने ३५ वर्षीया गङ्गा चेम्जोङ र ना४६प को मोटरसाइकल चालक वडा नं ४ बस्ने ३० वर्षीय सुदीप घिमिरेको मृत्यु भएको हो ।    

प्रहरीले ट्रकका चालक हेटौँडा वडा नं ७ का एकबहादुर भोलनलाई आवश्यक कारवाहीका लागि नियन्त्रणमा लिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप