शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

भन्सार छली ल्याउँदै गरेको अवैध मदिरा बरामद

आइतबार, ०२ मङ्सिर २०७५, १९ : ३२
आइतबार, ०२ मङ्सिर २०७५

बर्दिबास । महोत्तरी प्रहरीले महोत्तरीको जलेश्वरबाट आइतबार भन्सार छली ल्याउँदै गरेको अवैध मदिरा बरामद गरेको छ । 

प्रहरीले विशेष सुराकीको आधारमा जलेश्वर नगरपालिका –३ बाट भारतको भिठामोडतर्फ  लाँदै गरेको ६ वटा बोरामा ३ सय एमएलको सौरभ सोफी रक्सी बरामद गरेको हो । 

बरामद मदिरा आवश्यक कारवाहीको लागि आन्तरिक राजश्व कार्यालय जनकपुरधाम धनुषामा पठाउने व्यवस्था मिलाएको महोत्तरी प्रहरीले जनाएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप